यात्रुले भरतपुर बसपार्कबाटै टिकट काट्न पर्ने « Khabarhub

यात्रुले भरतपुर बसपार्कबाटै टिकट काट्न पर्ने


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– भरतपुर महानगरपालिकाको मुख्य बजार क्षेत्रको यातायात व्यवस्थालाई व्यवस्थित बनाउन बसपार्क बाहिर सवारी कर संकलन बन्द गर्ने निर्णय गरिएको छ। 

आज बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले भरतपुर महानगरपालिकाले उठाउँदै आएको सवारी कर अब केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) र नारायणगढ बसपार्क (पोखरा बसपार्क) बाट मात्र संकलन गर्ने व्यवस्था गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार जिल्लाको यातायात व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न बैठकले यातायात व्यवसायीहरूले आफ्नो सवारीसाधन पार्किङ गरी नियमानुसार राजश्व बुझाउन निर्देशन दिएको छ । 

बैठकले भरतपुर महानगरक्षेत्रभित्र रहेका विभिन्न यातायात व्यवसायी संस्थाका टिकट काउन्टर ४८ घण्टाभित्र सम्बन्धित बसपार्कमा स्थानान्तरण गर्नुपर्ने र बसपार्क बाहेक अन्यत्रबाट टिकट काट्न नपाइने स्पष्ट पारेको शर्माले बताए। 

नारायणगढ बजार क्षेत्रभित्र मुख्य सडकमा अव्यवस्थित पार्किङ तुरुन्त बन्द गर्नुपर्ने र पुल्चोकलगायतका बजार क्षेत्रभित्रका पेट्रोलपम्पमा पेट्रोल हाल्ने नाममा अनावश्यक पार्किङ गरी यात्रु चढाउने कार्य नगर्न भनिएको उनले जानकारी दिए । 

यसअघि बसेको बैठकले भरतपुर महानगरको यातायात व्यवस्थित गर्न लामो तथा छोटो दूरीका सवारी सञ्चालन, मालवाहक सवारीको रुट व्यवस्थापन, ध्वनि प्रदूषण नियन्त्रण, पार्किङ, टिकट काउन्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धी निर्णय गरेको थियो । 

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले ती निर्णयहरू कडाइका साथ कार्यान्वयन गराउन सबै सम्बन्धित पक्षलाई निर्देशन दिइएको जानकारी दिए ।
 

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  १ : १७ बजे

फिफा विश्वकप प्रसारण गर्नसक्ने यी प्राइभेट वेबसाइट र एप बन्द गर्‍यो सरकारले

काठमाडौं– सरकारले फिफा वर्ल्डकपको वेब र मोबाइल एपबाट प्रसारण गर्नसक्ने प्राइभेट

अत्यधिक गर्मी र लु को जोखिम बढ्दो : सतर्क रहन स्वास्थ्य मन्त्रालयको अपिल

काठमाडौं– पछिल्लो समय देशका विभिन्न भागमा गर्मी लगातार बढिरहेको छ

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो

विभिन्न ३ प्रकारका औषधीको आयात तथा बिक्रीमा कडाइ, विभागद्वारा नयाँ व्यवस्था लागू

काठमाडौं– औषधि व्यवस्था विभागले प्रेगाबालिन डाइसाइक्लोमिन र प्रोमेथाजिन समूहका औषधिको दुरुपयोग

उपराष्ट्रपति यादव र कोशी प्रदेश प्रमुख खापुङबीच भेट

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज