गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण « Khabarhub

गायत्री मन्दिर संरक्षणका लागि नदी नियन्त्रण योजना निर्माण


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– रघुगङ्गा गाउँपालिका-३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा रहेको धार्मिक पर्यटकीयस्थल गायत्री मन्दिरमा बाढी र कटान रोकथाम नियन्त्रण योजना निर्माण भएको छ । 

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराले राहुघाट नदीमा आउने बाढीको कटानबाट जोखिममा परेको गायत्री मन्दिर परिसरको तटीय क्षेत्रमा ‘कम्पोजिट’ प्रविधिको पर्खाल निर्माण गरेको हो । 

राहुघाट नदीको किनारमा ५३ मिटर दूरीमा नदीको सतहबाट दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसीसी र माथिल्लो भागमा ग्याबियन भरेर पर्खाल निर्माण भएको आयोजना कार्यालयका इन्जिनियर नरजङ गुरुङले जानकारी दिए । 

आगामी असार २५ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी रु दुई करोड १३ लाख ६६ हजार ८७८ लागत अनुमान गरिएको उक्त योजनाका गत भदौ ४ गते गुरुङ बाजे मण्डली जेभीसँग एक करोड ४२ लाख ५३ हजार ६४६ मा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनीले पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यभन्दा चार महिनाअघि काम सम्पन्न गरेको हो । 

नदीमा पानीको सतह घटेपछि पुस महिनामा राहुघाट नदीलाई डाइभर्सन गरेर पर्खाल निर्माण थालिएको थियो । काम थालेको दुई महिनामा योजना सम्पन्न भएको हो । गायत्री मन्दिर मुक्तिनाथ प्रवेशद्वारको रूपमा रहेको छ । साधु, सन्तहरू ध्यान तपस्या गर्न आउने यहाँ मन्दिरका साथै उद्यान र धर्माशाला छ । गायत्री मन्दिरको धर्मशालामा मुक्तिनाथ जाने तीर्थयात्रीहरूलाई बसोबासको व्यवस्था मिलाइएको छ । 

यस वर्ष बेनीसहित म्याग्दी र कालीगण्डकी नदी कटानका कारण जोखिममा परेका बजार तथा बस्ती संरक्षणका लागि म्याग्दी, पर्वत र मुस्ताङ गरेर छ वटा नदी नियन्त्रण तथा बस्ती संरक्षण योजना सञ्चालन भएका आयोजना कार्यालयका प्रमुख विदुरमान श्रेष्ठले बताए।

सम्बद्ध कम्पनीहरूले ती योजनाको निर्माण कार्यलाई बर्खाअघि नै सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिएका आयोजना प्रमुख श्रेष्ठले बताए। उनका अनुसार ती आयोजनाहरूको कूल लागत अनुमान २० करोड २९ लाख ७६ हजार ८३९ रहेको छ । 

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  २ : २० बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र