दिनदिनै भिडियो सन्देश जारी गर्ने कांग्रेस सभापति थापा कता हराए ? « Khabarhub

दिनदिनै भिडियो सन्देश जारी गर्ने कांग्रेस सभापति थापा कता हराए ?


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जालमार्फत नियमित आफ्नो विचार सार्वजनिक गर्ने नेपाली कांग्रेसका सभापति गगन थापा पछिल्लो केही दिनयता गुमनाम जस्तै छन् । फागुन २१ को निर्वाचनसम्म दिनदिनै सामाजिक सञ्जालमा भिडियो, फोटो र टेक्स्टमार्फत सन्देश जारी गर्दै आएका सभापति थापा ४ दिनयता नदेखिएका हुन् ।

कांग्रेसभित्र र तत्कालीन संसद्‍मा बलियो प्रतिपक्षकारूपमा आक्रामक देखिने थापाले आफ्नो विचार अभिव्यक्त गर्ने थलोका रूपमा सामाजिक सञ्जाललाई उपयोग गर्दै आएका थिए । 

उनले अघिल्लो संसद्मा रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारी ठगीको विषयमा संसदीय समिति नै बनाएर छानबिन गर्न बाध्य बनाएका थिए । जेन-जी आन्दोलनपछि मुलुकमा देखिएको राजनीतिक अन्यौलता चिर्न पनि उनले निकै अग्रसरता देखाए । ती दुवै सन्दर्भमा थापाले सामाजिक सञ्जाल र मिडियामार्फत आफ्ना विचारहरू शृङ्खलाबद्ध रूपमा प्रस्तुत गर्ने गर्थे ।

कांग्रेसलाई विशेष महाधिवेशनमा पुर्‍याएर नेतृत्व पनि हात पार्न सफल भएका उनी निर्वाचनको दिनसम्म पनि सामाजिक सञ्जालमा निकै सक्रिय थिए । तर, निर्वाचनमा सबै पुराना दलसँगै नेपाली कांग्रेसको पनि सर्मनाक हार भएपछि भने सभापति थापा सामाजिक सञ्जालबाट हराएका छन् ।

किन हराए ?

प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार बनेका थापा कांग्रेस छाडेर स्वतन्त्र हुँदै रास्वापामा प्रवेश गरेका डा अमरेशकुमार सिंहसँग १२ हजार मतले पराजित भए । उनी मात्रै नभएर अघिल्लो निर्वाचनमा ८९ सिटको कांग्रेसले लज्जास्पद हार बेहोर्‍यो । कांग्रेस प्रत्यक्षतर्फ १८ सिटमा खुम्चिएको छ । 

जबकि यो निर्वाचनमा थापाले ‘बद्लियो कांग्रेस, बदल्छौँ देश’ र ‘अबकी बार गगन सरकार’ नारा अघि सारेको थियो । जुन नाराले नै विगतमा विग्रिएको कांग्रेसलाई उनले बदलेको सन्देश दिएको थियो । तर, उनका ती दुवै नारालाई जनताले अस्वीकार गरिदिए । 

धेरैले सभापति थापा कांग्रेसको सर्मनाक हारकै कारण लज्जाबोध हुँदा सार्वजनिक रुपमा नदेखिएको पनि अनुमान गरेका छन् । थोरै मिडियाकर्मीसँग मात्रै प्रत्यक्ष संवाद गर्न रुचाउने उनले निर्वाचन परिणामपछि कसैलाई पनि प्रतिक्रिया दिएका छैनन् ।

सोमबार मात्रै थापा र उपसभापति विश्वप्रकाश शर्माबीच नयाँ बानेश्वरमा सम्वाद भएको थियो । त्यस भेटमा थापाले विश्वप्रकाशलाई राजीनामा दिने बताएका थिए ।  तर, शर्माले राजीनामाको हतार नगर्न थापालाई सुझाएको श्रोतले बताएको छ । 

त्यसयता थापा गुमनाम जस्तै छन् । कांग्रेस नेताहरूले उनी घरमै आराम गरिरहेको दाबी गरेका छन् । 

तर, थापाको निकटमा लामो समयदेखि रहेर काम गर्दै आएका पार्टीका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले उनी चुनावी अभियानपछि अस्वस्थ भएकाले नबोलेको खबरहबलाई बताए ।

‘सञ्चो नभएर, चेस्ट इन्फेक्सन भएर रेस्टमा हुनुहुन्छ’, उनले भने, ‘सिरियस हुनुहुन्न तर, औषधि लिइरहनुभएको छ ।’

निर्वाचनमा कांग्रेसको हारपछि पार्टीमा अर्को पक्षले विशेष महाधिवेशनको औचित्य समाप्त भएको र कांग्रेस नयाँ ढंगले अघि बढ्नुपर्ने आवाज उठाएको छ । 

यसका साथै, देशैभरीका कांग्रेसका नेता तथा कार्यकर्ताले पछिल्लो विकसित परिस्थितिलाई सम्बोधन गर्दै सभापतिले सम्बोधन गर्नुपर्ने आवाज पनि उठाएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ४ : ५६ बजे

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण