निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री « Khabarhub

निर्वाचनपश्चात् संविधानले सही बाटो समातेको छ : गृहमन्त्री


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने सुरक्षा निकायका पदाधिकारीहरूलाई धन्यवाद दिएका छन्।

बुधबार भर्चुअल माध्यमबाट आयोजित बैठकमा निर्वाचनको समीक्षा गर्दै मन्त्री अर्यालले केन्द्रीय सुरक्षा समिति, प्रदेश कमान्ड पोष्ट तथा ७७ वटै जिल्लाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले रक्तपातविहीन र ऐतिहासिक निर्वाचन सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए। उनले सबै पदाधिकारीलाई आ–आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेकामा धन्यवाद ज्ञापन गरे।

बैठकमा गृहसचिव राजकुमार श्रेष्ठ, चारवटै सुरक्षा निकायका प्रमुख, मन्त्रालयका महाशाखा प्रमुख, प्रदेश कमान्ड पोष्टका पदाधिकारी तथा प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको थियो।

मन्त्री अर्यालले निर्वाचनपश्चात् संविधानले सही दिशा समातेको र राजनीतिक सुशासनको आधार बलियो बनेको उल्लेख गर्दै केन्द्रदेखि फिल्डसम्म खटिएका कर्मचारीहरूको सामूहिक प्रयासबाट मात्रै यस्तो ऐतिहासिक उपलब्धि सम्भव भएको बताए।

गृहसचिव श्रेष्ठले सुरक्षाकर्मीहरूले व्यावसायिक निष्ठा कायम राख्दै निष्पक्ष रूपमा जिम्मेवारी पूरा गरेकाले अन्तर्राष्ट्रिय पर्यवेक्षकबाट समेत उच्च प्रशंसा प्राप्त भएको बताए।

बैठकमा सहभागी प्रदेश कमान्ड पोष्ट तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले पनि आफ्नो क्षेत्रको अनुभव सुनाउँदै विगत ३० वर्षका निर्वाचनको तुलनामा यसपटकको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र त्रुटिरहित रूपमा सम्पन्न भएको बताए। उनीहरूले यस सफलतामा गृहमन्त्री अर्यालको नेतृत्वदायी भूमिका र अभिभावकत्वको प्रशंसा गरेका थिए।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ७ : १० बजे

इरान युद्ध : ट्रम्पद्वारा इरानसँग क्षतिपूर्तिको अडान

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्वका क्रममा भएको क्षति

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प: १११ जनाको मृत्यु

बोगोटा – पश्चिम कोलम्बियामा गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण

फाल्गुनन्द मार्गमा मालवाहक सवारी सञ्चालनमा रोक

इलाम– झापाको दमकदेखि इलामको माङसेबुङ गाउँपालिका हुँदै पाँचथरको चिसोपानी पञ्चमी

‘दाहाल यज्ञनिधि पुरस्कार’ साहित्यकार अधिकारी र निर्देशक सुब्बालाई प्रदान

काठमाडौँ – साहित्यकार एवं सञ्चारकर्मी यज्ञनिधि दाहालको स्मृतिमा स्थापित ‘दाहाल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर