श्रीलंकाका विपक्षी नेता भन्छन्- भारतलाई सुरक्षा परिषदको स्थायी सदस्य बनाइनुपर्छ « Khabarhub

श्रीलंकाका विपक्षी नेता भन्छन्- भारतलाई सुरक्षा परिषदको स्थायी सदस्य बनाइनुपर्छ


२७ फाल्गुन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकाका विपक्षी दलका नेता सजित प्रेमदासाले भारतलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य बनाइनुपर्नेमा जोड दिएका छन् । भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा उनले भारतलाई ‘शान्ति प्रेमी’ राष्ट्रको संज्ञा दिए ।

उनले विश्वको वर्तमान भू-राजनीतिक अवस्थामा भारतको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे । प्रेमदासाका अनुसार भारतले सधैँ लोकतान्त्रिक मूल्य-मान्यता र क्षेत्रीय स्थिरताको वकालत गर्दै आएको छ ।

उनले भारतजस्तो ठूलो लोकतन्त्र र बढ्दो आर्थिक शक्तिलाई सुरक्षा परिषद्को निर्णय प्रक्रियामा सहभागी गराउनु विश्व शान्तिका लागि आवश्यक रहेको बताए । उनले भारतको स्थायी सदस्यताका लागि श्रीलंकाको तर्फबाट पूर्ण समर्थन रहेको समेत स्पष्ट पारे।

दक्षिण एसियाली छिमेकी राष्ट्रका नेताबाट आएको यो अभिव्यक्तिले अन्तर्राष्ट्रिय मञ्चमा भारतको बढ्दो प्रभाव र सुरक्षा परिषद्मा सुधारको मागलाई थप बल पुर्‍याएको छ । भारतले लामो समयदेखि सुरक्षा परिषद्को स्थायी सदस्यताका लागि दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८२, बुधबार  ६ : ५७ बजे

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण