देशभर ३ हजार बढि निःशुल्क बेड उपलब्ध, प्रयोगमा १ सय ३५ मात्रै  « Khabarhub

देशभर ३ हजार बढि निःशुल्क बेड उपलब्ध, प्रयोगमा १ सय ३५ मात्रै 


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विपन्न, असहाय तथा वेवारिसे बिरामीको उपचारका लागि देशभरीका सरकारी तथा निजी अस्पतालहरूले कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याउनुपर्ने सरकारको निर्णय अनुसार हाल देशभर ३ हजार २६४ बेड छुट्याएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको अनलाइन प्रणालीमा सार्वजनिक विवरणअनुसार देशभरका अस्पतालमा कुल १८ हजार ४२४ बेडमध्ये ३ हजार २६४ बेड निःशुल्क उपचारका लागि छुट्याइएको हो । त्यसमध्ये हाल १३५ निःशुल्क बेड प्रयोगमा रहेका छन् भने ३ हजार १२९ बेड उपलब्ध अवस्थामा रहेको देखिएको छ ।

नेपालको संविधान २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ । सोही संवैधानिक व्यवस्थाअनुसार सरकारले विपन्न, असहाय तथा लक्षित वर्गका नागरिकलाई उपचार पहुँच सुनिश्चित गर्न निजी अस्पतालमा समेत १० प्रतिशत निःशुल्क बेड अनिवार्य गरेको हो ।

सरकारले यो प्रणालीलाई प्रभावकारी, पहुँचयोग्य र पारदर्शी बनाउन अनलाइन अनुगमन प्रणाली विकास गरेको जनाएको छ । प्रणालीमार्फत प्रदेश, जिल्ला र अस्पतालअनुसार निःशुल्क बेडको अवस्थाबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १ : ११ बजे

भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी तैनाथ

काराकास- भेनेजुएलामा केही दिनअघि देशलाई झट्का दिने विनाशकारी दुई ठूला

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली उपयुक्त छैन : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई

सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधि सभाको आजको दोस्रो बैठकमा ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’

जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्ने लक्ष्यसहित २३औँ राष्ट्रिय धान दिवस मनाइने

ललितपुर– ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित

कस्तो आउला मौद्रिक नीति ?

काठमाडौं– नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि नयाँ मौद्रिक