जेन-जी आन्दोलनको प्रतिवेदन सार्वजनिकको माग गर्दै प्रदर्शन गर्ने युवाहरु पक्राउ « Khabarhub

जेन-जी आन्दोलनको प्रतिवेदन सार्वजनिकको माग गर्दै प्रदर्शन गर्ने युवाहरु पक्राउ


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -भदौ २३ र २४ गतेको घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राष्ट्रिय जेन-जी नागरिक अभियान को आयोजनामा सोमबार ललितपुरस्थित हरिहरभवनमा रहेको आयोगको कार्यालय नजिक प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरू आयोगको कार्यालयतर्फ अघि बढ्न खोजेपछि प्रहरीले हस्तक्षेप गर्दै केही युवाहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रदर्शनका क्रममा युवाहरुले ‘मानवअधिकार किन चुप, सरकारसँग भयो कि घुसपैठ ?’, ‘सत्य लुकाएर के पायौ, प्रतिवेदन किन लुकायौ ?’, ‘मानवअधिकार आयोगको प्रतिवेदनको हत्या भएको हो ?’ तथा ‘सरकार डरायो, प्रतिवेदन हरायो’ लगायतका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीहरूले भदौ २३ र २४ गते भएको घटनाबारे आयोगले तयार पारेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरूले सत्यतथ्य बाहिर ल्याउन र प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकार तथा आयोगसँग माग गरेका छन् ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  १ : २२ बजे

विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको

भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसिसी महिला प्रिमियर कपमा अहिले नेपाल

नेपाली क्रिकेट टोलीको व्यस्तता : नेदरल्यान्ड्स जानुअघि जर्सीसँग दुई एकदिवसीय खेल्ने

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसिसी विश्वकप क्रिकेट लिग–२

कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक आज बस्दैछ ।

हुलाकमार्फत घरघरमै राहदानी

रौतहट– जिल्ला प्रशासन कार्यालय रौतहटले सेवाग्राहीको राहदानी जिल्ला हुलाक कार्यालय