अमेरिकाले पाकिस्तानको पेशावरमा रहेको नियोग बन्द गर्ने « Khabarhub

अमेरिकाले पाकिस्तानको पेशावरमा रहेको नियोग बन्द गर्ने


२८ बैशाख २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले पाकिस्तानको पेशावरमा रहेको आफ्नो वाणिज्य दूतावास बन्द गर्ने भएको छ । अमेरिकी विदेश मन्त्रालयले एउटा विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो । मन्त्रालयले आफ्ना प्रतिनिधिको सुरक्षालाई मुख्य कारण देखाएको छ।

अब खैबर पख्तुनख्वा प्रान्तसँग सम्बन्धित सबै कूटनीतिक कार्य इस्लामावादमा रहेको अमेरिकी दूतावासले हेर्नेछ । पेशावर यसै प्रान्तको राजधानी हो । अमेरिकी विदेश मन्त्रालयले आफ्ना कर्मचारीको सुरक्षा र स्रोतको सही उपयोगका लागि यो निर्णय लिएको बताएको छ ।

खैबर पख्तुनख्वा प्रान्त अफगानिस्तानको सिमानासँग जोडिएको छ । यस क्षेत्रमा पाकिस्तानी सेना र लडाकुहरूबीच लामो समयदेखि भीषण लडाइँ भइरहेको छ ।

यसअघि मार्च महिनामा इरानी सर्वोच्च नेता आयतल्लाह अली खामेनीको ज्यान गएपछि पाकिस्तानको ठूलो सहर कराँचीमा रहेको अमेरिकी दूतावासमा आक्रमण भएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार  ४ : ०३ बजे

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।