के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ? « Khabarhub

के हो सामाजिक सञ्जालमा भाइरल ३७० को चिकेन बिरयानी कन्ट्रोभर्सी ?


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतमा एक जना युवकले स्ट्याण्ड-अप कमेडी शोमा आफ्नो पहिलो डेटिङको अनुभव शेयर गर्दा ट्रोलको सिकार भएका छन् । हालै भारतको गुडगाँवमा स्ट्याण्ड-अप कमेडियन प्रनित मोरेको लाइभ शो हेर्न पुगेका ती युवकले गर्लफ्रेण्डलाई ३७० रुपैयाँको बिरयानी खुवाएको अनुभव सुनाएका छन् । उनको अनुभव यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रनितले आफ्नो शोमा आएका अडियन्सलाई पहिलो डेटिङ अनुभव सुनाउन भन्छन् । अडियन्समै रहेका हिमांशु जागराले आफ्नो अनुभव सुनाउँछन् । उनले पहिलो डेटिङमा गर्लफ्रेण्डलाई चिकेन बिरयानी खुवाएको र त्यसको पैसा असुल गर्ने बारे रोचक घटना सुनाए ।

उनले भनेका छन्, ‘गर्लफ्रेण्डलाई लिएर गेस्ट हाउस जाने मनस्थितिमा थिएँ । तर, पहिलो डेटिङ भएकाले रेष्टुरेन्ट लिएर गएँ । उनले भनिन्- तिमी मलाई के खुवाउँछौ ?, मैले भनेँ- तिमी के खान चाहन्छौ भन ? हामीले चिकेन बिरयानी खायौँ । यसको मूल्य तीन सय साठी, तीन सय सत्तरी रुपैयाँ हुनुपर्छ । त्यसपछि उनले भनिन्- प्लिज मलाई घर छोड । मैले भनेँ- यसको भाउ तीन सय सत्तरी रुपैयाँ छ । मैले भने- म अशुल त गर्छु ।’

त्यसपछि कमेडियन प्रनित मोरे भन्छन्- ‘पिक गुडगाँव कन्टेन्ट, खाइ मेरो पैसा ।’

त्यसपछि हिमांशु फेरि भन्न थाल्छन्, ‘म सोचिरहेको छु कि यार यदी मैले रुममा लगेँ भने अफ्ठ्यारो लाग्छ … त्यसपछि मलाई याद आयो कि नजिकै एउटा पार्क छ … त्यहाँ यति अँध्यारो छ कि केही देख्न सकिँदैन … त्यसैले मैले भनेँ- केही समय पार्कमा बसौँ, केही समय बिताऔँ । उनले भनिन्- होइन, जाऔँ । मैले भनेँ- आधा घण्टा मात्र । हामी त्यतै गयौँ ।’

युवतीले आफूहरू केवल साथी मात्र भएको बताए तापनि हिमांशुले कर गरेर उनलाई मञ्जुर गराउँछन् र उनीहरूबीच सामिप्यता बढ्छ । पछि कोठामा पुगेपछि पनि ती युवतीले अनिच्छा देखाउँदा हिमांशुले आग्रह गरिरहन्छन् । यसै सन्दर्भमा हिंमाशुले आफ्नो अनुभव खुलाउँदै जाँदा यौनकर्मीहरूसँगको भेट, मोलमोलाई र असुरक्षित यौन सम्बन्धका विषयहरू पनि आउँछन् ।

हिंमाशुले आफ्नो अनुभव सुनाउँदै जाँदा अडियन्सबाट तालीको गडगडाहट र हाँसोको फोहोरा छुटिरहन्छन् ।

प्रनित मोरो भारतमा लोकप्रिय कमेडियन हुन् । उनी विभिन्न शहरहरुमा पुगेर आफ्नो कला प्रस्तुत गर्छन् ।

हिमांशुको अभिव्यक्तिले यतिबेला सामाजिक सञ्जालमा बहस छेडेको छ । कतिपयले ३७० मा युवतीको कन्सेन्ट किन्न खाजेको आरोप लगाएका छन् । केहीले यस्तो खालको अभिव्यक्ति सञ्जालमा पोस्ट गर्न नहुने टिप्पणी गरेका छन् । कतिपयले चाहिँ कमेडी शोले बलात्कारलाई प्रमोट गरेको टिप्पणी गरेका छन् ।

तर अधिकांशले भने आम ब्वाइफ्रेण्डले यस्तै भन्ने गरेको टिप्पणी पनि गरेका छन् । कतिपयले चाहिँ हिंमाशुजस्ता युवाका कारण केटाहरुले लाजले शीर झुकाउनु परेको भन्दै अर्थ्याएका छन् । कतिपयले चाहिँ ३७० रुपैयाँको बिरयानीको हिसाब खोज्ने युवाले युवतीको खर्च उठाउने हैसियत गुमाएको टिप्पणी पनि गरेका छन् ।

साथै, एकथरीले चाहिँ युवतीका लागि पनि यो एउटा सिकाई भएको र युवतीहरु पनि बिल तिर्न सक्षम बन्नुपर्ने धारणा राखेका छन् । केहीले हिमांशुको घरका छोरी दिदीबहिनाीलाई ३७० को बिरयानी कसैले नखुवास् भनेर टिप्पणी गरेका छन् । कतिपयले चाहिँ ती युवती ‘सुँगुर’ सँग डेट गएको बताएका छन् ।

हिमांशु एउटा आईटी कम्पनीमा वेव डेभलपरका रुपमा कार्यरत थिए । चौतर्फी आलोचनापछि उनलाई कम्पनीले जागिरबाट निकालिदिएको खबर समेत आएको छ । कम्पनीले आफ्ना स्टाफको कारण धेरै कन्ट्रायाक्ट रिजेक्ट भएको कारण देखाएको छ ।

त्यस्तै, प्रनितले पनि आफ्नो च्यानलबाट उक्त भिडियो डिलिट गरेका छन् । यसका साथै, उनले त्यस भिडियोका लागि माफी मागेका छन् ।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ३ : ४३ बजे

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

काठमाडौं–  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं– डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

इनरुवा– सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा

वाल्मीकि विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीलाई अध्ययन भिसा, दुईजना पक्राउ

काठमाडौं– वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकले