फिफा विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने, ‘हेड टु हेड’मा को बलियो ? « Khabarhub

फिफा विश्वकपको उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने, ‘हेड टु हेड’मा को बलियो ?


२८ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा विश्वकप फुटबल–२०२६ आज रातिबाट औपचारिक रूपमा सुरु हुँदैछ । फुटबल इतिहासमै पहिलोपटक तीन देश, अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपको उद्घाटन नेपाली समयअनुसार राति १२ः४५ बजे हुने भएको छ ।

१९ जुलाईमा न्युयोर्कमा समापन हुने प्रतियोगिताको उद्घाटन तीन फरक देशमा विशेष समारोहसहित हुनेछ । पहिलो उद्घाटन कार्यक्रम मेक्सिको सिटी स्टेडियममा, दोस्रो क्यानडाको टोरन्टोमा र तेस्रो अमेरिकाको लस एन्जलसमा आयोजना गरिनेछ।

प्रतियोगिताको उद्घाटन खेल घरेलु टोली मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।

यी दुई टोलीबीचको प्रतिस्पर्धालाई लिएर विशेष उत्सुकता देखिएको छ, किनभने उपलब्ध अन्तर्राष्ट्रिय फुटबल इतिहास अनुसार मेक्सिको र दक्षिण अफ्रिका विश्वकपको उद्घाटन चरणमा पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।

दुवै टोलीले आफ्नो पहिलो खेलबाटै महत्वपूर्ण तीन अंक हासिल गर्ने लक्ष्यसहित मैदान उत्रिनेछन् । घरेलु समर्थकको बलियो साथ मेक्सिकोको पक्षमा रहने अनुमान गरिए पनि दक्षिण अफ्रिका पनि कडा प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ।

हेड–टु–हेड तथ्यांकमा मेक्सिको बलियो देखिएको छ। मेक्सिको र दक्षिण अफ्रिकाबीच अन्तर्राष्ट्रिय पुरुष फुटबलमा हालसम्म ४ पटक भेट भएको छ ।

यी भेटहरूमा मेक्सिकोले २ खेल जितेको छ भने दक्षिण अफ्रिकाले १ खेलमा जित हासिल गरेको छ। बाँकी १ खेल बराबरीमा टुंगिएको थियो।

प्रकाशित मिति : २८ जेठ २०८३, बिहीबार  ८ : ५३ बजे

बाढीले पुल बगाएपछि देवीघाटमा त्रिशुलीमाथि बनाइयो तुइन (तस्बिरहरू)

नुवाकोट – नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा बाढीले पुल बगाएपछि त्रिशूली

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

काठमाडौं – एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी

चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह

सुदूरपश्चिम- दार्चुलाको अपि हिमाल गाउँपालिका–१ भट्टाणमा पहिरो खसेर चौलानी नदी