काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी « Khabarhub

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । सिराहको पक्किटोल घर भइ काठमाडौँ–१० बुद्धनगरस्थित एक घरम डेरा गरी बस्ने ५० वर्षीय अश्विन राउतले आज बिहान शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार राउतका बाबुछोराबीच घरायसी विषयमा विवाद भएको थियो । विवादपछि उनले भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए ।

शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेका राउतको वीर अस्पतालमा उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

निर्माण व्यवसायी समेत रहेका राउतले लामो समयदेखि सुपर वायर एण्ड स्टिल इन्डस्ट्रियल प्रालि सञ्चालन गर्दै आएका छन् । उनले दिब्यश्री ट्रेड कन्सर्न प्रालि नामका व्यवसायिक संस्था पनि सञ्चालन गर्दै आएका छन् । हेटौंडामा रहेको सुपर वायरले तार जाली उत्पादन गर्छ भने दिब्यश्री ट्रेड कन्सर्नले ‘निओन ब्राण्ड’का होम एप्लायन्सेसको नेपालका आधिकारिक विक्रेताको काम गर्दै आएको छ । लामो समयदेखि समाजसेवामा जोडिएका उनी राउत क्षत्री सेवा समाज नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका छन् ।

यसअघि बिहीबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

यस्तै, शुक्रबार नै सर्लाहीमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका थिए । विवेक मण्डल नाम गरेका ती व्यक्तिलाई हेलिकप्टरमार्फत हिजो नै काठमाडौँ ल्याइएको थियो ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ९ : ३५ बजे

बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कुट्नेविरुद्ध अभद्र व्यवहारको मुद्दा

काठमाडौँ – काठमाडौँको बानेश्वरमा ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार

प्रतिनिधिसभाको बैठक बस्दै : प्रधानमन्त्री बालेनले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको

आज इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौँ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ १० गते बुधबार सन् २०२६