कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध « Khabarhub

कालीकोटको गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कालीकोटको गगनेखोलामा गएराति गएको पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी सौरभकुमार सिंहले अविरल वर्षापछि गगनेखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको जानकारी दिए ।

कार्यालयका अनुसार पहिरो हटाउनका लागि बिहानैदेखि काम भइरहेको छ । यसका लागि सडक डिभिजन सुर्खेतसँग आवश्यक समन्वय भइरहेको उनको भनाइ छ ।

कार्यालयले वर्षायाममा यात्रा गर्दा सावधानी अपनाएर मात्र हिँड्न तथा रातिको समयमा यात्रा नगर्न सबैलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ११ : ०५ बजे

रसुवा बाढी : ७,५१४ जनाको उद्धार, ६७५ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा