शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट « Khabarhub

शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको गोदावरी नगरपालिका-२ तेघरीका किसान रामचन्द्र भट्ट शीतलचिनी (मोरिङ्गा) को व्यावसायिक खेतीमा आबद्ध भई स्थानीय किसानका लागि प्रेरणाको स्रोत बनेका छन् । उनले व्यावसायिक उत्पादनलाई विस्तार गर्दै स्वरोजगार बनेका हुन्  ।

भट्टले एक बिघा आफ्नै जमिनमा व्यावसायिक रूपमा शिलतचिनीको खेती गरेका छन्। एक वर्ष अघिदेखि खेती गरेका उनले हाल खेतमा एक हजार २०० भन्दा बढी बिरुवा लगाएका छन् । अझै आठ सय बिरुवा रोप्ने उनको योजना छ । 

भट्टको खेत अवलोकन गर्न दिनहुँ स्थानीय किसान पुग्ने गरेका छन् । परम्परागत खेतीसँगै उनले गरेको शीतलचिनीको व्यावसायिक उत्पादनबाट उत्प्रेरित भएका अवलोकनका लागि आउने किसानहरू बताउँछन् । 

कम लागतमा उत्पादन गर्न सकिने, तुलनात्मक रूपमा कम स्याहार गर्नुपर्ने तथा बजारको माग पनि बढ्दै गएकाले शीतलचिनीको खेती सुरुआत गरेको भट्टले बताए। करिब रु दुई लाख लगानीमा व्यवसाय सुरु गरेका उनले बजारको माग बढ्दै गएकाले खेती विस्तार गर्ने योजना बनाएको बताए।

‘पोषकतत्वले भरिपूर्ण मानिने शीतलचिनी सुरुमा यसको उपयोगिताबारे धेरैलाई जानकारी थिएन’, भट्टले भने, ‘पछिल्लो समय यसको फाइदाका बारेमा सबै जानकार हुन थालेपछि बजारमा माग बढ्न थालेको छ । यसको अझै प्रचारप्रसार हुन सक्यो भने व्यवसायले बजार पाउने सम्भावना अझै बढी हुनेछ ।’

भट्टले शीतलचिनीका पातबाट पाउँडर बनाई प्याकेजिङ गरेर बिक्री गर्दै आए । दुई सय १० ग्रामको खुद्रा मूल्य रु ७०० र होलसेल मूल्य रु ४०० रहेको जनाउँदै यसको बिक्रीबाट करिब ७० प्रतिशत फाइदा हुने उल्लेख गरे। उनका अनुसार उत्पादित शीतलचिनीको पाउँडर कैलालीको धनगढी, अत्तरिया, काठमाडौँ, पोखरालगायत स्थानमा बिक्री हुने गरेको छ ।
    
शीतलचिनी कम पानीमा पनि राम्रोसँग हुर्कने भएकाले तराई क्षेत्रका किसानका लागि उपयुक्त बाली मानिन्छ । यसको नियमित हेरचार गरेमा वर्षौंसम्म उत्पादन लिन सकिने भएकाले लागत पनि तुलनात्मक रूपमा कम पर्ने भट्टले बताए।

कृषिविज्ञका अनुसार शीतलचिनीमा भिटामिन, क्याल्सियम, आइरन, प्रोटिन प्रशस्त हुने भएकाले यसको उपयोगिता दिनप्रतिदिन बढ्दै गएको छ । यो बहुउपयोगी औषधीय तथा पोषणयुक्त बिरुवा हो । यसको पात, फूल, कोसा, बीउ र जरासमेत विभिन्न प्रयोजनमा प्रयोग गरिन्छ ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  १२ : ३३ बजे

इरानमाथि प्रहार गर्न हजार क्षेप्यास्त्र तयार रहेको ट्रम्पको चेतावनी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ध्वस्त पार्ने धम्की दिँदै

काठमाडौंको बुद्धनगरमा एक युवाले गरे आत्मदाहको प्रयास

काठमाडौं– काठमाडौंको बुद्धनगरमा शनिबार बिहान एक जनाले आत्मदाहको प्रयास गरेका

बजारमा कृत्रिम अभाव सृजना गरेको देखिए तत्काल खबर गर्न अनुरोध

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि क्षेत्रमा कालोबजारी,

ट्रमा सेन्टरको क्षमता बढाउने बागमती सरकारको घोषणा

काठमाडौं– बागमती प्रदेश सरकारले सवारी दुर्घटनापछि घाइतेको उपचारलाई सहज बनाउन

विपद् तयारीका लागि साढे दुई करोडभन्दा बढीका उपकरण हस्तान्तरण

हेटौँडा– बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना,