सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन « Khabarhub

सिनामङ्गल–बानेश्वर क्षेत्रमा वाग्मती सफाइ, दुई मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घन्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको वाग्मती सफाइ महाअभियान ६८७औँ हप्तामा पुगेको छ।

यसअन्तर्गत आज काठमाडौं महानगरपालिका वडा नं. ९ र ३१ अन्तर्गत सिनामङ्गलदेखि बानेश्वर क्याम्पसअघिसम्मको वाग्मती नदी किनारमा गरिएको सफाइबाट दुई मेट्रिक टन नकुहिने फोहर संकलन गरी व्यवस्थापन गरिएको छ।

अभियानकर्मी डा. माला खरेलका अनुसार संकलित नकुहिने फोहर काठमाडौं महानगरपालिकाको वातावरण विभाग, टेकुको ट्रकमार्फत व्यवस्थापन गरिएको हो। कुहिने फोहर भने नदी किनारमा रोपिएका बिरुवाका लागि मलका रूपमा प्रयोग हुने गरी गाड्ने व्यवस्था गरिएको छ।

सफाइ अभियानमा स्थानीय जनप्रतिनिधि, वाग्मती सफाइ अभियानका स्वयंसेवक, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी तथा गैरीगाउँ, बानेश्वर क्याम्पस र सानो फलामे पुल क्षेत्रका स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।

सफाइका क्रममा काठमाडौं महानगरपालिका वडा नं. ९ का सदस्य टेकराज अधिकारीले उपलब्ध गराएका लप्सी र एभोकाडोका बिरुवा वाग्मती किनारमा रोपिएका छन्। साथै, अभियानकर्मी नारायणकुमार श्रेष्ठको शुक्रबार परेको जन्मदिनको अवसरमा पनि वाग्मती किनारमा लप्सीको बिरुवा रोपिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए।

वि.सं. २०७० जेठ ५ गतेदेखि सुरु भएको वाग्मती सफाइ महाअभियानअन्तर्गत प्रत्येक शनिबार बिहान दुई घण्टा नदी किनारमा नियमित सरसफाइ गरिँदै आएको छ। जाडो, गर्मी, वर्षा, भूकम्प र कोरोना महामारीजस्ता प्रतिकूल परिस्थितिमा समेत अभियान निरन्तर सञ्चालन हुँदै आएको छ। चाडपर्व परेका शनिबार पनि अभियान नरोकिने अभियानकर्मीहरूले बताएका छन्।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  १२ : ३७ बजे

सरकारको अधिकार खोस्दै सिरहाका व्यापारीले आफूखुसी बढाए ग्यासको मूल्य, प्रशासन हेरेको हेर्‍यै

सरकारले खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण गर्छ । नियामक

साउदीको लाल सागर तटस्थित रिफाइनरीमा आक्रमण गरेको हुथीको दाबी

साना- साउदी अरबको लालसागर तटस्थित जिजानमा रहेको तेल प्रशोधन केन्द्रमा

लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै

जनकपुरधाम– हुलाकी सडकअन्तर्गत जनकपुर-भिठ्ठामोड जोड्ने सडकमा पर्ने महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्सास्थित

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी– बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको