आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी « Khabarhub

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिका क्रममा आफूविरुद्ध हत्या गर्न खुला आह्वान गरिएको दाबी गर्दै इरानलाई कडा चेतावनी दिएका छन् ।

शनिबार आफ्नै सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत प्रतिक्रिया दिँदै ट्रम्पले आफूविरुद्ध कुनै पनि प्रकारको आक्रमण वा धम्की कार्यान्वयन गरिए त्यसको कडा सैन्य जवाफ दिइने चेतावनी दिएका हुन् । उनको पछिल्लो अभिव्यक्तिले मध्यपूर्वमा फेरि तनाव बढ्न सक्ने संकेत गरेको छ।

ट्रम्पले आफ्नो सन्देशमा इरानविरुद्ध एक हजार क्षेप्यास्त्र तयारी अवस्थामा रहेको दाबी गर्दै इरानी पक्षबाट आफूविरुद्ध कुनै कदम चालिए तत्काल थप हजारौँ क्षेप्यास्त्र प्रहार गरिने उल्लेख गरे।

उनले आवश्यक परे अमेरिकी सेनाले इरानका विभिन्न क्षेत्रलाई पूर्ण रूपमा ध्वस्त पार्न सक्ने दाबीसमेत गरेका छन्।

यसअघि अमेरिका र इरानबीच केही दिनसम्म सैन्य आक्रमण र जवाफी कारबाही भएका थिए, जसका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप संवेदनशील बनेको थियो।

यद्यपि, ट्रम्पले उल्लेख गरेको आफूविरुद्धको कथित हत्या आह्वानबारे इरानले औपचारिक प्रतिक्रिया जनाएको छैन, र उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  १२ : ४१ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको