ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ « Khabarhub

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

ठमेल पर्यटन विकास परिषद्को ३०औँ र ३१औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपालको पर्यटन उद्योगको विकासमा ठमेलको योगदान उल्लेखनीय रहेको बताए।

उनले पर्यटन प्रवर्द्धन र पर्यटकीय पूर्वाधार विकासका लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ मा चार अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। ठमेल क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका कतिपय व्यवसायी घरभाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले उनीहरूको समस्या समाधानका लागि परिषद्ले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।

काठमाडौं महानगरपालिका–१६ की वडाध्यक्ष रोजिना श्रेष्ठले सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री ठमेल निर्माणका लागि परिषद्ले थप प्रभावकारी रूपमा काम गर्नुपर्ने बताउनुभयो। नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठमेलले निरन्तर योगदान पुर्‍याउँदै आएको उनको भनाइ थियो।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलियाले नेपाल आउने अधिकांश विदेशी पर्यटक ठमेल पुग्ने गरेको उल्लेख गर्दै पछिल्लो समय ठमेलको भौतिक संरचना र क्षमता साँघुरिँदै गएको बताए। हवाई क्षेत्रमा पर्याप्त लगानी नबढेसम्म नेपालको पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसक्ने उनको भनाइ थियो।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष ध्रुव अधिकारीले ठमेलको समग्र विकासका लागि परिषद्ले व्यवसायी र घरधनीसँग सहकार्य गर्दै आएको जानकारी दिए। अन्तर्राष्ट्रिय पहिचान बनाएको ठमेलको योजनाबद्ध विकासका लागि संघीय सरकारले विशेष योजना ल्याउनुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा परिषद्का पूर्वअध्यक्ष डा. रामशरण थपलिया, उपाध्यक्ष सहदेव धमला (विमल) र महासचिव बद्री तिमल्सिनालगायत वक्ताहरूले ठमेललाई विशेष पर्यटकीय गन्तव्यका रूपमा थप विकास गर्न आवश्यक रहेको धारणा राखेका थिए।

वि.सं. २०४८ मा स्थापना भएको ठमेल पर्यटन विकास परिषद्मा हाल एक हजार ५०० भन्दा बढी घरधनी तथा व्यवसायी आबद्ध छन्।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  १२ : ४५ बजे

राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंकलाई केवल

मकवानपुरमा तरकारी बोकेको ट्रक दुर्घटना : एक जनाको मृत्यु, चालक घाइते

मकवानपुर – त्रिभुवन राजमार्गअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका-२ स्थित तिलटारमा तरकारी

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई