विश्व बैंकले भारतको सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्ने « Khabarhub

विश्व बैंकले भारतको सौर्य ऊर्जा क्षेत्रमा लगानी गर्ने


२७ असार २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व बैंकले भारतमा घरको छतमा सौर्य ऊर्जा (सोलर रुफटप) जडान गर्ने राष्ट्रिय कार्यक्रमका लागि वित्तीय सहयोग स्वीकृत गरेको छ । यो लगानीले लाखौँ घरमा स्वच्छ ऊर्जा पुर्‍याउने लक्ष्य राखेको छ । यसबाट नवीकरणीय ऊर्जा क्षेत्रमा करिब १७ लाख रोजगारीका अवसरहरू सिर्जना हुनेछन् ।

भारतले सन् २०७० सम्ममा ‘नेट जिरो’ (शून्य कार्बन उत्सर्जन) को लक्ष्य राखेको छ। साथै, सन् २०३५ सम्ममा आफ्नो कुल बिजुलीको ६० प्रतिशत हिस्सा गैर-जीवाश्म इन्धनबाट उत्पादन गर्ने भारतको प्रतिबद्धता छ । यसै योजना अन्तर्गत सरकारले ‘पीएम सूर्य घर: मुफ्त बिजली योजना’ सुरु गरेको छ ।

यस कार्यक्रमले देशभरका १ करोड ग्रामीण र सहरी परिवारलाई सौर्य ऊर्जा जडान गर्न प्रोत्साहन गर्नेछ। यसबाट सर्वसाधारणको बिजुलीको खर्च घट्नेछ र स्थानीय उद्योगहरूले पनि प्रोत्साहन पाउनेछन्।

विश्व बैंकले भारतको यो क्षेत्रलाई विगत एक दशकदेखि सहयोग गर्दै आएको छ। नयाँ वित्तीय प्याकेज अन्तर्गत विश्व बैंकले विभिन्न कोषहरूबाट ऋण र अनुदान उपलब्ध गराउनेछ।

यसका साथै व्यावसायिक ऋणका रूपमा थप ४.२ अर्ब डलर निजी लगानी पनि परिचालन गरिनेछ। यो ऋण विनाधितो उपलब्ध हुने भएकाले सर्वसाधारणका लागि सौर्य ऊर्जा जडान गर्न सजिलो हुने र मासिक बिजुलीको बिलमा ठुलो राहत पुग्ने विश्वास लिइएको छ।

प्रकाशित मिति : २७ असार २०८३, शनिबार  ८ : ४६ बजे

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा थापा नियुक्त

काठमाडाैं – सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

काठमाडौं – सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृतमा

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

ललितपुर – नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक

पाकिस्तानमा टीटीपीका दुई शङ्कास्पद सदस्य मारिए

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीले गरेको कारबाहीमा