काठमाडौं– भारतीय ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले नेपालमा प्रवेश गरेको छ । कम्पनीले काठमाडौंमा सुपर अटो इलेक्ट्रिक थ्री-ह्विलरको पहिलो ब्याच सार्वजनिक गरेको हो ।
मोन्ट्रा इलेक्ट्रिक नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक हिप्को ट्रेडिंग प्रालिमार्फत नेपाल प्रवेश गरेको हो ।
काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मोन्ट्रा इलेक्ट्रिकको फ्ल्यागसिप यात्रुवाहक थ्री–ह्विलर सुपर अटो सार्वजनिक गरेका थिए ।
कम्पनीका अनुसार मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको इन्जिनियरिङ विकास नेपालका सडक तथा भू-भागमा गरिएको परीक्षण, स्थानीय वितरकबाट प्राप्त सुझाव तथा नेपालको सडक र भूगोलका मौलिक आवश्यकतालाई ध्यानमा राखेर गरिएको छ।
देशमा पर्याप्त विद्युत् उत्पादन भइरहेको अवस्थामा इलेक्ट्रिक मोबिलिटीमार्फत स्वदेशमै उत्पादित ऊर्जालाई उपयोग गरी आयातित इन्धनमाथिको निर्भरता घटाउन सकिन्छ । इन्टरनल कम्बसन इन्जिन भएका सवारीसाधनको तुलनामा इलेक्ट्रिक सवारीसाधनलाई सरकारले दिँदै आएको कर तथा भन्सारसम्बन्धी सहुलियतले पेट्रोलबाट चल्ने थ्री–ह्विलरबाट इलेक्ट्रिक गाडीमा रूपान्तरण हुने चालक तथा यात्रुका लागि यसको आर्थिक लाभ अझ बढाएको कम्पनीको दाबी छ ।
चालक तथा फ्लीट सञ्चालकका लागि इलेक्ट्रिक गाडीमा रूपान्तरणले कुल स्वामित्व लागत लागतमा प्रत्यक्ष लाभ पुर्याउँछ । कम सञ्चालन खर्च, कम मर्मतसम्भार खर्च तथा इन्धनको मूल्यमा हुने उतारचढावको प्रभावबाट मुक्त हुन पाउनु यसका प्रमुख फाइदा हुन् ।
कम्पनीका अनुसार नेपालका पहाडी भू–भागले सवारीसाधनबाट थप क्षमताको माग गर्छ र मोन्ट्रा इलेक्ट्रिकको सुपर अटो यही आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको छ। यसको ३२ प्रतिशत ग्रेडेबिलिटीले तीव्र उकालोमा पनि उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्छ भने हिल–होल्ड असिस्ट सुविधाले उकालोमा सुरक्षित र सहज रूपमा सवारी स्टार्ट गर्न सहयोग गर्छ।
९ किलोवाट ब्याट्री प्याक र पिएमएसएम मोटरबाट सञ्चालित सुपर अटोले आफ्नो सेगमेन्टमै उत्कृष्ट ६० एनएम टर्क प्रदान गर्छ । यसले एकपटकको पूर्ण चार्जमा १५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज र ५५ किलोमिटर प्रतिघण्टाको अधिकतम गति प्रदान गर्छ । ४.५ घण्टामा चार्ज गर्न सकिने क्षमताले दैनिक रूपमा सवारीको ज्यादा उपयोग गर्न सहयोग गर्छ ।
नेपालमा सुपर अटोको मूल्य ८ लाख ६४ हजार ९०० तोकिएको छ ।
कार्यक्रममा बोल्दै हिप्को ट्रेडिंग प्रालिका निर्देशक हिमांशु गोल्छाले भने, ‘सुपर अटोको आगमन आयातित इन्धनमा निर्भरता र प्रदूषण घटाउने यात्रातर्फको पहिलो कदम हो । देशभर इलेक्ट्रिक मोबिलिटीलाई प्रोत्साहन गर्दै जाँदा यस्ता साझेदारीले नेपालको यातायात क्षेत्रलाई नेपाली जनताको आकांक्षासँगै अघि बढ्न सहयोग गर्नेछ।’
मोन्ट्रा इलेक्ट्रिक (टीआई क्लिन मोबिलिटीका अध्यक्ष अरुण मुरुगप्पनले भने, ‘मोन्ट्रा इलेक्ट्रिकको सुपर अटो नेपाल प्रवेशले इन्जिनियरिङ उत्कृष्टताको प्रयोग वास्तविक र स्थानीय आवश्यकतामा आधारित हुनुपर्छ भन्ने हाम्रो लामो समयदेखिको विश्वासलाई प्रतिबिम्बित गर्छ । नेपालको नवीकरणीय ऊर्जाको क्षमता र मोन्ट्रा इलेक्ट्रिकको मोबिलिटीसम्बन्धी इनोभेसनले यो साझेदारीलाई स्वाभाविक र आपसी हित अनुकुल बनाएको छ ।’












प्रतिक्रिया