अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो « Khabarhub

अदालतकै अगाडि आत्मदाह प्रयास, मिटरब्याज पीडित महिलालाई प्रहरीले बचायो


२७ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मधेश प्रदेशको राजधानी सहर जनकपुरधामस्थित धनुषा जिल्ला अदालतअगाडि बुधबार एकजना मिटरब्याज पीडित महिलाले प्रदर्शनका क्रममा आत्मदाहको प्रयास गरेकी छन् ।

मिटरब्याज पीडितहरूले अदालतअगाडि नाराबाजीसहित विरोध प्रदर्शन गरिरहेका बेला जनकपुरधाम उपमहानगरपालिका-४ निवासी फूलकुमारी रजकले शरीरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेकी हुन् ।

आत्मदाह प्रयासका लागि पेट्रोल खन्याइरहेका बेला उनलाई प्रहरीले तत्काल हस्तक्षेप गरी बचाएको छ।

बुधबार धनुषा जिल्ला अदालतमा पक्राउ परेका मिटरब्याज साहुविरुद्ध थुनछेक बहस चलिरहेको छ । गोपाल साह, रेखा साह र हरेराम साहविरुद्ध थुनछेक बहस चलिरहेका बेला प्रदर्शन भएको हो ।

आरोपित साहुविरुद्ध इजलासमा बहस भइरहँदा अदालत परिसर बाहिर मिटरब्याज पीडितहरूले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले आफूहरूमाथि भएको अन्यायको सम्बोधन तथा मिटरब्याजसम्बन्धी विवादमा न्याय माग्दै प्रदर्शन गरेका हुन् । प्रहरीले आत्मदाह प्रयास गरेकी रजकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८३, बुधबार  २ : ५१ बजे

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना

बाँकेमा हुरीले धानबालीमा क्षति

बाँके– लगातारको वर्षासँगै आएको हुरीले धानबालीमा क्षति भएको छ ।

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

पाल्पा– जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी

कालीगण्डकीले बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पोखरेबगरको पुल बगायो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ– बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको