रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित « Khabarhub

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । 

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र आवश्यकता मूल्यांकन ९आरडिएनए० प्रतिवेदनअनुसार ७२ दशमलव चार करोड बराबरको क्षति भएको छ ।

जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा शाखा रु ६५ करोड क्षति भएको छ । प्राधिकरणका अनुसार सिटिजन बैंकको एउटा शाखा प्रभावित हुँदा रु एक करोड ५६ लाखको क्षति भएको छ ।

ग्लोबल आइएमई बैंकको एउटा शाखा प्रभावित हुँदा रु ११ लाखको क्षति भएको छ । हिमालय बैंकको एउटा शाखा प्रभावित हुँदा रु ७५ लाखको क्षति भएको छ । लक्ष्मी सनराइज बैंकको एउटा शाखा प्रभावित हुँदा रु एक करोड १२ लाखको क्षति भएको छ ।

माछापुच्छ्रे बैंकको एउटा शाखा प्रभावित हुँदा ७५ लाख तथा नबिल बैंकको एउटा शाखा प्रभावित हुँदा  ६३ लाखको क्षति भएको छ । एनआइसी एसिया बैंकका तीन वटा शाखा प्रभावित हुँदा ८८ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकका तीन वटा शाखा प्रभावित हुँदा  ४० लाखको क्षति भएको छ ।

त्यसैगरी एनएमबी बैंकको एउटा शाखा प्रभावित हुँदा रु चार लाखको क्षति भएको छ । प्रभु बैंकका दुई वटा शाखा प्रभावित हुँदा रु ५३ लाखको क्षति भएको छ भने सानिमा बैंकको एउटा शाखा प्रभावित हुँदा रु ६३ लाखको क्षति भएको छ ।

प्रतिवेदनअनुसार बाढी प्रभावित क्षेत्रमा बैंक तथा वित्तीय सेवामा क्षति पुगेको छ । नुवाकोटको विदुर नगरपालिकामा बैंकका चार वटा शाखामा ६७ करोड १३ लाखको क्षति भएको छ । 

रसुवाको गोसाइकुण्ड गाउँपालिकामा ११ वटा शाखामा रु चार करोड २३ लाख, रसुवाकै कालिका गाउँपालिकामा एउटा शाखामा २८ लाख, सोही जिल्लाको उत्तरगयामा एउटा बैंकको एउटा शाखा प्रभावित हुँदा रु ७५ लाखको क्षति भएको छ ।

उक्त रकमबाहेक पनि छुट्टै १९ करोड ५९ लाख क्षति भएको देखिएको छ । प्रतिवेदनअनुसार नुवाकोटको विदुरमा छ करोड ४० लाख, रसुवाको गोसाइँकुण्डमा रु नौ करोड ५३ लााख, कालिका गाउँपालिकामा रु ७९ लाख र उत्तरगया गाउँपालिकामा रु तीन करोड २३ लाखको क्षति भएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  २ : ०३ बजे

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने

आतङ्कवादविरुद्ध अन्तर्राष्ट्रिय सहकार्य थप आवश्यक : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले आतङ्कवादको बदलिँदो स्वरूप र प्रविधिको बढ्दो दुरुपयोगसँगै यसविरुद्ध