पशुपति क्षेत्रमा तीजका लागि सफाइ « Khabarhub

पशुपति क्षेत्रमा तीजका लागि सफाइ


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हरितालिका (तीज) को तयारीस्वरूप पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ गरिएको छ । 

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव तीर्थ श्रेष्ठ, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठलगायत कोष सञ्चालक परिषद् सदस्यहरुसहित कर्मचारी, स्थानीयवासी र भक्तजनहरुको उपस्थितिमा पशुपति क्षेत्रका वाग्मती पारिको १५ शिवालय, मृगस्थली, किरातेश्वर, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, भुवनेश्वरीलगायत मुख्य मुख्य क्षेत्रमा सफाइ गरिएको हो । 

त्यस क्षेत्रका अव्यवस्थित संरचनालाई पनि व्यवस्थित गराइएको छ । पन्ध्र शिवालय क्षेत्रमा शुक्रबार राति भएको आगलागीबाट एउटा शिवालयमा पुगेको क्षतिको अनुगमन गरी फोहर हटाइएको छ । 

ढुङ्गैढुङ्गाले बनेको शिवालयको भित्र काठ प्रयोग भएको र त्यहाँ बस्नेले भित्री भागमा कपडा राखेकाले आगलागी भएको पाइएको कोष सञ्चालक परिषद् सदस्य केदारमान भण्डारीले राससलाई जानकारी दिए । 

आगलागीका कारण आज बिहानसम्म त्यस क्षेत्रमा धुवाँको मुस्लो छुटेको थियो । शुक्रबार रातिको घटनापछि पशुपति क्षेत्रका कुनै पनि शिवालय एवम् मन्दिर क्षेत्रमा अनधिकृत रुपमा बसोबास गर्न नदिइने पनि उनले बताए।

पशुपति क्षेत्रलाई सफा, स्वच्छ राखी नेपाली महिलाको महान् पर्व हरितालिका (तीज)को तयारीका लागि सहयोग गर्न आज पशुपति क्षेत्रमा विशेष सफाइ गरिएको हो । स्वच्छ पशुपति निर्माणमा सामाजिक उत्तरदायित्वको भावनाले सफाइमा जुटौँ भन्ने नाराका साथ सफाइ अभियान सञ्चालन गरिएको उनले सुनाए। 

साउनको महिनाको तयारीका लागि असारको अन्तिम शनिबारदेखि कोषले पशुपति क्षेत्रमा सुरु गरेको सफाइ अभियान प्रत्येक हप्ताको शनिबार बिहान जारी राखिएको छ । पशुपति क्षेत्रमा आज नवौँ हप्ताको सफाइ गरिएको हो ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  २ : ३६ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा