बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण « Khabarhub

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने डुबान तथा कटानबाट जोगाउन तटबन्धन निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ ।

बुल्दी खोलाको आसपासका बाघबजार, उत्तरशिला र पुल्चोक टोललगायतका क्षेत्र वर्षायाममा डुबान तथा कटानको जोखिममा पर्दै आएका छन् । खोलामा पानीको बहाव बढ्दा बस्ती तथा आसपासका संरचनामा समेत असर पुग्ने भएकाले जोखिमयुक्त स्थानको व्यवस्थापनका लागि तटबन्धन निर्माण थालिएको हो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८३-८४ को बजेटबाट तटबन्धन सुरु गरिएको वडासदस्य सुरेश वाग्लेले जानकारी दिए। उनका अनुसार उक्त कार्यका लागि रु एक करोड तीन लाखको बोलपत्र गरिएको छ । बुल्दी खोलाको जोखिमयुक्त क्षेत्रमा आवश्यक संरचना निर्माण तथा व्यवस्थापन गरी वर्षायाममा हुने सम्भावित क्षति न्यूनीकरण गर्ने लक्ष्य राखिएको वाग्लेले बताए।

तटबन्धन निर्माणसँगै खोलाको किनार तथा जोखिमयुक्त क्षेत्रमा कटान नियन्त्रण हुने र आसपासका बस्तीमा डुबानको जोखिमसमेत कम हुने उनको भनाइ छ । विगतमा वर्षायाममा खोलाको बहाव बढ्दा प्रभावित हुने क्षेत्रलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको वाग्लेले बताए ।

व्यास नगरपालिका-२ बाहेक व्यास नगरपालिका-१ का केही जोखिमयुक्त स्थानमा समेत तटबन्ध निर्माणको काम भइरहेको उनले जानकारी दिए । उनले जोखिमयुक्त क्षेत्रको पहिचान गरी आवश्यकताअनुसार तटबन्धन तथा अन्य संरचना निर्माणलाई प्रभावकारी रूपमा अघि बढाइने बताए।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ३ : १५ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा