भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस « Khabarhub

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका स्थानीय, शिक्षक र विद्यार्थी त्रिपालमुनि रात कटान बाध्य भएका छन् ।

लोमान्थाङ केन्द्रविन्दु भएर गएको पाँच दशलव तीन म्याग्निच्युडको भूकम्पको धक्काले लोमान्थाङका ८० प्रतिशत घर चर्किएका छन् । 

लोमान्थाङको दिव्यदीप स्कुलको विद्यार्थी छात्रावासको भवन तथा शिक्षक आवास पनि भूकम्पले चर्किएपछि बस्नै नमिल्ने भएको हो ।

लोमान्थाङ गाउँपालिकामा भूकम्पले सामान्य क्षति पुर्‍याए पनि पालिकाका अन्य चार वडामा स्थानीयका अधिकांश घर बस्नै नमिल्ने गरी मध्यम तथा पूर्ण रूपमा क्षति भएका गाउँपालिका कार्यालयले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले भदौ २३ गते रातिको भूकम्पले पालिकाभित्रका स्थानीयका ढुङ्गा र माटोले निर्मित ८० प्रतिशत घरमा क्षति पुगेको बताए। उनका अनुसार भूकम्पले अधिकांश घरहरू चर्किएका छन् भने करिब ६० घर बस्नै नमिल्ने गरी क्षतिग्रस्त भएको छन् । 

अध्यक्ष गुरुङले भूकम्पपछि पनि पटकपटक पराकम्पनको असर परिरहेको जनाए । भूकम्पले स्थानीयका घर र विद्यालय चकिनुका साथै मानवीय क्षति नभए पनि जोखिम भने बढेको उनले बताए। जोखिम अझै कायम रहेकाले क्षति भएका घरका स्थानीय, विद्यालयका शिक्षक तथा विद्यार्थी खुल्लाचौरमा त्रिपाल टाँगेर बस्न बाध्य भएका उनले जानकारी दिए ।

भूकम्प प्रभावित स्थानीय र विद्यालयका लागि वैकल्पिक रूपमा स्थानीयस्तरबाटै आवश्यक व्यवस्था मिलाइएको बताउँदै पालिका स्वयं पनि त्रिपाल खरिद गर्ने प्रक्रियामा रहेको अध्यक्ष गुरुङले जानकारी दिए । गाउँपालिकाले भूकम्पको क्षति लगत सङ्कलन गरिरहेकाले पूर्ण क्षतिको विवरण आउन केही समय लाग्ने जनाइएको छ ।

भूकम्पले सबैभन्दा क्षति लोमान्थाङ–३ फुवा गाउँमा परेको छ । फुवामा करिब ५०० बढी घर बस्न नमिल्ने गरी पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । अन्य वडाहरूमा पनि भूकम्पको असरले अधिकांश घरहरू चकिएर धुजा परेका स्थानीय बताउँछन् । 

भूकम्प प्रभावित नागरिकले सरकारले भूकम्प पीडितका लागि पुनःस्थापना तथा पुनःनिर्माणमा सहयोग गर्नुपर्ने माग गरेका छन् । उक्त भूकम्पले विद्यालयको छात्रावास भवन, शिक्षक आवास र भण्डारणका भवनमा क्षति पुगेको दिव्यदीप माध्यमिक विद्यालयका प्रधानाध्यापक कमलेसकुमार त्रिपाटीले जानकारी दिए । विद्यालयको दुई तलाको ३४ कोठे ढुङ्गा र माटोले बनेका छात्राबासको अधिकांश भाग चर्किएका उनले उल्लेख गरे। 

चौरासी जना विद्यार्थी रहेको उक्त विद्यालयमा भूकम्पपछि विद्यार्थी र शिक्षकहरू कक्षा कोठा र त्रिपालमुनि रात बिताइरहेका प्रधानाध्यापक त्रिपाठीले जानकारी दिए । भूकम्पले विद्यालय तथा आवासमा क्षति पुर्‍याएपछि नियमित शैक्षिक पठनपाठनमा समस्या परिरहेको उनले जनाए। भूकम्पपछि लोमान्थाङ गाउँपालिकासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र एक्याप लोमान्थाङ लगायतको टोलीले क्षति विवरण संकलन गरिरहेको छ ।

प्रभावित क्षेत्रका नागरिक तथा विद्यालयको पुनःस्थापना तथा अन्य सहयोगका लागि सुरक्षाकर्मीसहितको टोली खटिएका छन् । भूकम्पले लोमान्थाङमा रहेको छोदे गुम्बाको पर्खाल भत्किएको छ भने ऐतिहासिक लोमान्थाङ दरबारसमेत चर्किएको छ । 

यसैबीच शुक्रबार जिल्ला समन्वय समिति मुस्ताङको एक टोलीले भूकम्प प्रभावित लोमान्थाङ गाउँपालिकाको स्थलगत निरीक्षण तथा क्षति विवरण सङ्कलन गरेको छ । 

जिल्ला समन्वय समितिका प्रमुख माया गुरुङ, समन्वय अधिकारी घनश्याम सुवेदी, इञ्जिनियर डबल तामाङलगायतको टोली भूकम्प प्रभावित गाउँमा पुगेर स्थानीयको समस्या बुझ्ने प्रयास गरिएको छ । लोमान्थाङमा फेरि पनि भूकम्प आउने डरले स्थानीयहरू त्रासमा छन् ।
 

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ५ : ५१ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा