ब्रिक्स सम्मेलनमा मोदी : ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ « Khabarhub

ब्रिक्स सम्मेलनमा मोदी : ग्लोबल साउथलाई ‘नियम मान्ने’ बाट ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्छ


२७ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन जारी छ । सम्मेलनको प्रारम्भीक सत्रलाई सम्बोधन गर्दै आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको भूमिका अझ सशक्त हुनुपर्नेमा जोड दिएका छन् । ग्लोबल साउथका मुलुकहरुलाई केवल ‘नियम मान्ने’ भूमिकाबाट उठाएर ‘नियम बनाउने’ स्थानमा पुर्‍याउनुपर्ने उनको भनाइ थियो । यसका लागि युवा कूटनीतिज्ञहरूलाई आवश्यक तालिम र कानुनी दक्षता प्रदान गर्न ब्रिक्सले नेतृत्व लिनसक्ने उनले बताए ।

ब्रिक्स स्थापनाको दुई दशक पुगेको अवसरलाई परिपक्वताको मोडका रूपमा व्याख्या गर्दै मोदीले विगतका अनुभवहरूलाई अब अन्तर्राष्ट्रिय मञ्चमा ठोस परिणाममा बदल्ने समय आएको बताए । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री मोदीले ब्रिक्स कुनै पनि देशको विरोधमा नभई सबैलाई साथमा लिएर अघि बढ्ने सिद्धान्तमा आधारित रहेको स्पष्ट पारे । आगामी २० वर्षका लागि ब्रिक्सले नयाँ र महत्त्वाकांक्षी कार्यसूची तयार गर्नुपर्ने प्रस्ताव गर्दै उनले वार्षिक अध्यक्षीय प्रणालीले संस्थागत निरन्तरतालाई असर नगरोस् भन्नाका खातिर महत्वपूर्ण संरचना र सुरक्षित डिजिटल प्रणाली स्थापना हुनुपर्ने बताए ।

विश्वव्यापी शासन प्रणालीको वर्तमान अवस्थालाई विशेषाधिकारको पिरामिडको संज्ञा दिँदै मोदीले यसलाई साझेदारीको मञ्चमा रूपान्तरण गर्नुपर्ने उल्लेख गरे । ठूला विश्वव्यापी संकटहरूको असर पहिलो पंक्तिमा खेपिरहेका विकासोन्मुख राष्ट्रहरू निर्णय प्रक्रियामा भने पछाडिको पंक्तिमा पारिएको भन्दै उनले खेद व्यक्त गरे । यस समस्याको समाधानका लागि आगामी शिखर सम्मेलनसम्ममा १० सूत्रीय ब्रिक्स सुधार मस्यौदा तयार पार्न पनि उनले सदस्य राष्ट्रहरूसमक्ष आह्वान गरेका छन् ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको संरचनागत सुधारमा ढिलाइ गर्न नहुने मोदीको भनाइ थियो । उनले सुरक्षा परिषद्को सुधार प्रक्रियालाई निश्चित समयसीमा र परिणामसँग जोड्नुपर्ने बताए। त्यस्तै, विश्वव्यापी आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने देशहरूले अन्तर्राष्ट्रिय आर्थिक नीति निर्माणमा पनि सोहीअनुसारको नेतृत्व र अधिकार पाउनुपर्ने तर्क प्रस्तुत गरे ।

कृत्रिम बौद्धिकता (एआई), साइबरस्पेस, अन्तरिक्ष, र बायोटेक्नोलोजी जस्ता भविष्यका उदीयमान क्षेत्रहरूमा नियम बनाउने अधिकार सीमित विकसित राष्ट्रहरूमा मात्र केन्द्रित हुन नहुनेमा उनले जोड दिए ।

प्रकाशित मिति : २७ भाद्र २०८३, शनिबार  ५ : ४७ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा