ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ « Khabarhub

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ


२६ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका छन् । 

सोमबार पार्टी कार्यालय च्यासलमा केन्द्रीय कमिटीमा मनोनीत सदस्यहरूलाई शपथग्रहण गराउँदै अध्यक्ष ओलीले विगतमा पटक–पटक पार्टीलाई घेराबन्दीको प्रयास भइरहेको भन्दै आगामी निर्वाचन नजिकिँदै गर्दा अहिले पनि पार्टीविरुद्धको घेराबन्दी अझै जारी रहेको बताएका हुन् ।

उनले लोकतन्त्र मासिएको, राष्ट्रिय अस्मिता, स्वाधीनता र स्वतन्त्रता कमजोर बनाइएको अवस्थामा तिनको पुनरुत्थान अनिवार्य सर्त रहेको उल्लेख गरे । राष्ट्रियताको पक्षमा उभिँदा दमन भए आन्दोलन र प्रतिवादमा उत्रिने उनले बताए ।

अध्यक्ष ओलीले पार्टीलाई सशक्त रुपमा अघि बढाउनुपर्ने भएकाले आन्तरिक विरोध र असहमतिमा अल्झिनु नहुने धारणा राखे । 

उनले ’समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने, सत्य, समानता र मानवताको बाटोमा हिँड्ने उद्देश्य बोकेको पार्टी एमाले भएकाले साना–मसिना गलत कुरामा अल्झिन नहुने बताए । 

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार  ५ : ३५ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा