झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्वेक्षण « Khabarhub

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्वेक्षण



काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्न आन्तरिक छलफल थालिसकेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी झापाका सभापति प्रकाश पाठक, सचिव शम्भु सुस्केरा ढकाल लगायतका नेताहरूलाई काठमाडौँमा बोलाएर बालेनले गम्भीर छलफल गरेका हुन् । उनले झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था र मतदाताको मनोभावबारे आइतबार ३ घण्टा संवाद गरे ।

बालेनसँगको भेटमा झापा-३ का क्षेत्रीय सभापति लक्ष्मण बस्नेत, झापा-५ का विभागीय सदस्य विरोध सुवेदी र जिल्ला अनुशासन आयोगका संयोजक अर्जुन उप्रेतीसहितका नेताहरू उपस्थिति थिए ।

झापा-५ मा चार स्थानीय तह पर्छन् । जसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिका छन् ।

यी गाउँपालिकामा २०७९ र २०७४ को निर्वाचनमा परिणामबारे यही समाचारसँगैको लिङ्कबाट विस्तृत पढ्न सक्नुहुनेछ ।

भएको छैन औपचारिक निर्णय

बालेनले अहिले झापा-५ को विषयमा सर्वेक्षण गर्न नेता तथा आफ्ना सचिवालयका सदस्य खटाएका छन्। तर यही क्षेत्रबाट निर्वाचन लड्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई जानकारी छैन। यसकारण बालेनले झापा-५ नै  रोज्छन् या काठमाडौँ क्षेत्र नम्बर २ अझै निर्णयमा पुगेका छैनन् ।

यसबारे बालेनको सचिवालयका एक सदस्यले भने, ‘परिस्थितिबारे मूल्याङ्कन गरिरहेका छौं, झापा नै निर्णय भइसकेको छैन। तर ओलीलाई बसदा गर्न जोखिमपूर्ण निर्णय लिनुपर्ने हुनसक्छ’, उनले अगाडि भने, ‘नयाँ शक्तिले देश चलाओस् भन्ने हामीलाई पनि छ, उहाँलाई पनि छ। उहाँ निर्वाचन लड्ने दुई मत छैन । तर झापा ५ रोज्नुहुन्छ या अन्यत्र टुङ्गो लागेको छैन ।’

बालेनको सचिवालयका अर्का सदस्यका अनुसार झापा-५ बाट निर्वाचन लडेमा निर्वाचन जित्ने रिपोर्टिङ झापाका रास्वपा  नेताहरूले दिएका छन्।

‘मेयरले त्यहाँको परिस्थिति बुझिरहनुभएको छ । पार्टीमा पनि कुरा राख्नुभएको छ। शीर्ष नेताहरूसहित छलफल हुन पाएको छैनु’ रास्वपाका एक नेता भन्छ्न, ‘उहाँले पार्टीमा कुरा राखेपछि हामी उहाँलाई उचित सुझाव दिन्छौं। हाम्रो आँकलन ओलीको निर्वाचन क्षेत्रमा चुनाव लड्दा जित निश्चित हुन्छ ।’

सम्भावना प्रबल

झापास्थित रास्वपा नेताहरूका अनुसार बालेनले निरन्तर त्यहाँको स्थितिमा नजर लगाइरहेका छन् । मतदाताहरूको भावना बुझ्ने र स्थलगत रिपोर्टिङका लागि नेताहरू परिचालन गरिरहेकाले बालेन झापा-५ बाटै उठ्ने प्रबल सम्भावना रहेको उनीहरूको दाबी छ।

झापा-५ का रास्वपा समर्थक केही नेताका अनुसार त्यहाँ अहिले पनि बालेनले केही सहयोगी खटाएर वस्तुस्थिति मूल्याङ्कन गरिरहेका छन् । बालेनले चारवटा गाउँपालिकामा मतको सामान्य सर्वेक्षण गरिरहेका छन्। यसबारे रास्वपा सचिवालयका केही नेताहरूलाई पनि जानकारी छ । तर औपचारिक रूपमा केही निर्णय भएको छैन।

‘झापा-५ नै रोज्नुहुन्छ भन्ने प्रबल सम्भावना छ । पार्टी सभापति रवि लामिछानेसँग टुङ्गो लगाउन बाँकी छ’, रास्वपा सचिवालयका एक नेताले खबरहबलाई भने, ‘त्यहाँको वस्तुस्थिति ठिकै रहेको जानकारी प्राप्त भएको छ । हामी कुराकानी गरिरहेका छौं, आशावादी छौं ।’

यता रास्वपा झापा सचिव सुस्केरा हरेक परिवर्तनमा झापाको देन रहेको बताउँदै जेन-जी आन्दोलन गराउन भूमिका खेल्ने व्यक्तिलाई चुनौती दिन बालेन झापा ५ आउनुपर्ने बताउँछन्। उनी ओलीसँग झापा ५ का जनता निराश रहेको बताउँदै यो उनको बिदाइको उचित समय भएको दाबी गर्छन् ।

सर्भेक्षण

बालेननिकट केही नेताहरूले झापा ५ मा निर्वाचन लड्दाको स्थितिबारे सामान्य सर्भेसमेत गरेको बताइन्छ। रास्पपाका मतदाता खुलिनसकेको झापा-५ मा बालेनले सर्भे गरिरहेको दाबी गरिएको छ । दमक नगरपालिकाका मेयर राम थापासँग बालेनका केही सहयोगीले भेटेर त्यहाँको जानकारी लिइसकेका छन् ।

थापा स्थानीय तह निर्वाचनमा राप्रपाबाट विजयी भएका हुन् । यस्तै त्यहाँ अन्य पार्टीका असन्तुष्ट नेता(कार्यकर्तासँग पनि बालेनका सहयोगीले छलफल गरिरहेका छन् ।

‘सचिवालयका सहयोगी खटाएर सामान्य सर्भे भइरहेको रहेछ । विभिन्न पार्टीमा लामो समयदेखि रहेर अवसर नपाएकाहरूसँग पनि बालेन सम्पर्कमा छन्’, राप्रपा दमकका एक नेताले खबरहबलाई भने, हामीसँग पनि भेट भएको थियो । बालेनको सचिवालयका सहयोगी मात्रै होइन, जेन-जी युवाले पनि कुरा गर्नुभएको छ।’

उद्योगी-व्यवसायी र स्थानीयसँग संवाद

रास्वपा झापा जिल्ला कमिटीले झापा-५ का विभिन्न व्यक्तिहरूसँग छलफल तयारी गरेको छ। स्थानीय मतदातासँग छलफल गर्नका लागि बालेनले सुझाव दिएको झापा-५ का ती रास्वपा नेता  बताउँछन् ।

‘उद्योगी व्यवसायी, सामाजिक व्यक्तित्व, स्थानीय शिक्षक, विद्यार्थी युवासँग छलफल गर्न हामी तयार छाैं,’ ती नेता भन्छन, ‘मेयरले यहाँको विषयमा चासो राख्नुभएको रहेछ । हाम्रो पार्टीको सभापति र सचिव काठमाडौँ गएका बेला छलफल भएको छ । अब स्थानीयका जनभावना बुझ्छौँ ।’

बालेनले नै झापा सभापति र सचिव लगायतनेलाई काठमाडौँ डाकेका हुन् । पार्टी काम भनेर बालेनले झापाको वस्तुस्थितिबारे जानकारी चाहिने भन्दै नेताहरू झिकाएका हुन् । रास्वपा झापा सचिव शम्भु भन्छन्, ‘हामी पार्टी कामको सिलसिलामा काठमाडौं आएका थियौँ। त्यही बेला उहाँसँग कुरा भएको हो ।’

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  १० : ३७ बजे

मकैको पातमा झरीको सङ्गीत !

प्रिय सोफिया,अविरल माया ।झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई

आज राष्ट्रिय धान दिवस, रोपाइँ गरेर मनाइँदै

काठमाडौँ– प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज

विश्वकपमा ७२ खेल सकिँदा खतरनाक टिम बन्यो फ्रान्स, चर्चामा मेसीको जादू

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा भइरहेको विश्वकप

देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै