पाकिस्तानद्वारा लिबियाली सेनालाई चिनियाँ हतियार बिक्री : चेतवानीको सन्देश « Khabarhub

पाकिस्तानद्वारा लिबियाली सेनालाई चिनियाँ हतियार बिक्री : चेतवानीको सन्देश


२८ पुस २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानले चीनमा विकसित हतियार पूर्वी लिबियाको सैन्य सत्तालाई बिक्री गरेको समाचार सार्वजनिक भएपछि त्यसले चौतर्फी चासो उत्पन्न गरेको छ । पाकिस्तानले ४ अर्ब डलरभन्दा बढी चिनियाँ हतियार बिक्री गरेको हो । यसलाई धेरैले संयुक्त राष्ट्रसंघले लागू गरेको प्रतिबन्धको अर्को उल्लङ्घन ठानेका छन् ।

तर, यो हतियार बिक्रीले भूमध्य सागरीय क्षेत्र र युरोपेली महादेशमा रणनीतिक प्रभाव पार्नसक्छ । पाकिस्तानले मुख्यगरी चीनमा विकसित चौथो पुस्ताको जेएफ १७ थण्डर नामक लडाकु विमान लिबियालाई बिक्री गरेको हो । यो विमान चीनको चेङ्दु एअरक्राफ्ट कर्पोरेशन र पाकिस्तान एरोनोटिकल कम्प्लेक्सले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

यसअघि यो विमान म्यान्मार, अजरबैजान र नाइजेरियाजस्ता देशमा बिक्री गरिएको छ । पाकिस्तानले यस कारोबारमा औपचारिक करार साझेदारको भूमिका निभाएको छ ।

लिबियाली सेनाले यसअघि पनि संयुक्त अरब इमिरेट्सबाट चीनमा निर्मित चालहरहित हवाइ उपकरण (ड्रोन) खरिद गरिसकेको छ । टाइम्स अफ इजरायलका लागि सर्जियो रेस्टेलीले तयार पारेको आलेखका अनुसार यस हतियार कारोबारमा पाकिस्तानको संलग्नताले चीनलाई एक किसिमको दूरी कायम गर्न मद्दत गरेको छ ।

तर, पाकिस्तानको विगत भने सुखद छैन । अफगानिस्तानमा पाकिस्तानले छद्मयुद्ध सञ्चालन गरिरहेको छ भने भारतीय उपमहाद्विपमा सक्रिय विभिन्न लडाकु समूहको सञ्जालमा पनि पाकिस्तानको नाम जोडिने गरेको छ ।

त्यसबाहेक अन्तरदेशीय आपराधिक तथा लागूऔषध सञ्जालमा पाकिस्तानी जासुसी संरचनाको साँठगाँठ पनि नौलो कुरा होइन । त्यसैले लिबियाली द्वन्द्वमा पाकिस्तानी संलग्नता चेतावनीको सन्देश हो ।

प्रकाशित मिति : २८ पुस २०८२, सोमबार  ३ : २१ बजे

बूढीगण्डकी बाढी : प्रभावित क्षेत्रबाट एक हजार बढीको हेलि उद्धार

गोरखा– बूढीगण्डकी बाढी प्रभावित क्षेत्रबाट एक हजार बढी नागरिकको हेलिकोप्टरमार्फत उद्धार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला