राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य « Khabarhub

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य


२९ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरेका छन् । 

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले फागुन १ गते शुक्रबार राती १२ बजेदेखि लागू हुने गरि राष्ट्रियसभाको अधिवेशन अन्त्य गरेका हुन् ।

संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल मन्त्रिपरिषद्को माघ २६ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएको र अन्य कुनै महत्त्वपूर्ण बिजनेस नभएका कारण सरकारले राष्ट्रियसभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।

चालू अधिवेशनबाट पर्यटन विधेयक र चलचित्र विधेयक पारित भएको छ भने सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ ।

प्रकाशित मिति : २९ माघ २०८२, बिहिबार  १२ : ५८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म