चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जले आफ्नो क्षेत्रभित्र पोखरी निर्माण र मर्मतको काम सुरु गरेको छ । हरेक वर्ष गर्मी समयमा वन्यजन्तुका लागि पोखरी निर्माण र मर्मत गरिन्छ ।  

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार जनावरलाई खान, जलमा बस्ने जनावरका लागि वासस्थान र घाँसेमैदान सिँचाइका लागि पोखरी निर्माण गर्ने गरिन्छ । उनले यसवर्ष तीन वटा नयाँ पोखरी निर्माण र चारवटा पोखरी मर्मतको काम गर्न लागिएको बताए। 

उनले भने ‘यसवर्ष हामीले पोखरी निर्माण र मर्मत वन्यजन्तुको बासस्थानका आधारमा गर्न लागेका छौँ ।’ निकुञ्जभित्र ५६ पोखरी तथा तालतलैया रहेको उनले बताए। उनका अनुसार ती सबै पोखरी तथा तालहरूमा सरसफाइ गर्न नसकिए पनि महत्वपूर्ण स्थानमा रहेका ताल र पोखरी निर्माण गर्न लागिएको हो ।

 यस निकुञ्जमा दुर्लभ एक सिङ्गे गैँडा, पाटेबाघ, भालु, चित्तल, हात्ती लगायतका जनावरको बासस्थान रहेको छ । चर्को गर्मीसँगै वन्यजन्तुलाई पानीको आवश्यक पर्ने भएकाले पोखरी निर्माण गर्न लागिएको हो । 

वन्यजन्तु पानीको आवश्यकताले समुदायमा जान रोक्नका लागि समेत सहयोग पुग्ने छ । ९५२ दशमलब ६३ हेक्टर क्षेत्रफलमा फैलिएको निकुञ्जमा घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने कामसमेत सुरु गरिएको छ ।
 

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ३ : २१ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक