सिनजियाङमा जारी दमनविरुद्ध जापानले ठोस कदम चाल्ने उइगुर नेतृको अपेक्षा « Khabarhub

सिनजियाङमा जारी दमनविरुद्ध जापानले ठोस कदम चाल्ने उइगुर नेतृको अपेक्षा


२८ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- टोकियोमा उइगुर अधिकारवादीहरूले जापानकी नयाँ प्रधानमन्त्री सानाए ताकाइचीको उदयसँगै चीनको सिनजियाङ क्षेत्रमा भइरहेको दमनविरुद्ध जापानले ठोस कदम चाल्नेमा ठूलो आशा व्यक्त गरेका छन्। म्युनिखस्थित ‘वर्ल्ड उइगुर कंग्रेस’ डब्लूयूसीकी उपाध्यक्ष जुम्रेताय अकिनले निक्केई एसिया लाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्री ताकाइची लामो समयदेखि उइगुर मुद्दाको समर्थक रहेको र अब जापानले चिनियाँ दमनविरुद्ध ‘कडा सन्देश’ दिने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्री ताकाइची ‘जापान उइगुर संसदीय संघ’ को सदस्य समेत हुन् र सन् २०२२ मा क्याबिनेट मन्त्री रहँदा उनले उइगुर कंग्रेसका तत्कालीन अध्यक्ष डोलकुन इसासँग भेट गरेकी थिइन् । अहिले जापानको संसदले अमेरिकाको ‘उइगुर श्रम रोकथाम ऐन’ को जापानी संस्करण ल्याउने तयारी गरिरहेको छ ।

यस कानुनले सिनजियाङमा उइगुर मुस्लिमहरूबाट जबरजस्ती काम गराएर बनाइएका सामानहरूको आयातमा प्रतिबन्ध लगाउने लक्ष्य राखेको छ । चीनले यी सबै आरोपहरूलाई ‘भ्रामक’ र ‘बदनाम गर्ने प्रयास’ भन्दै अस्वीकार गर्दै आएको छ ।

तर, संयुक्त राष्ट्र संघको अधिकार निकायले सन् २०२२ मै सिनजियाङमा भएका हिरासत र दुर्व्यवहारहरू ‘मानवता विरुद्धको अपराध’ हुन सक्ने निष्कर्ष निकालेको थियो। प्रधानमन्त्री ताकाइचीले ताइवानमाथिको चिनियाँ आक्रमण जापानको अस्तित्वका लागि खतरा हुन सक्ने अभिव्यक्ति दिएका कारण बेइजिङ र टोकियोबीचको सम्बन्ध अहिले केही तनावपूर्ण रहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहिबार  ७ : ३५ बजे

विश्वकप क्वालिफायर प्लेअफका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष विश्वकप क्वालिफायर

सरकारले जनअधिकारमाथि प्रहार गरिरहेको छ : प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

हनुमानढोकामा श्वेतकाली अजिमाको देवी नाच प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ-काठमाडौँको हनुमानढोका दरबार क्षेत्रस्थित नासल चोक डबलीमा शनिबार १२ वर्षे

सार्वजनिक यातायातमा चोरी र पाकेटमारी गर्ने १२१ जना पक्राउ

काठमाडौँ – सार्वजनिक यातायातमा यात्रुका सामान चोरी गर्ने, पाकेटमारी तथा लुटपाट

अफगानिस्तानको विद्यालयमा विस्फोट, सात जनाको मृत्यु, ९० भन्दा बढी घाइते

एजेन्सी- अफगानिस्तानको पूर्वी कुनार प्रान्तस्थित एक विद्यालयमा शनिबार भएको विस्फोटमा परी