पाकिस्तानी हमलाका कारण अफगानिस्तानमा भोकमरीको समस्या झन् भयावह बन्दै « Khabarhub

पाकिस्तानी हमलाका कारण अफगानिस्तानमा भोकमरीको समस्या झन् भयावह बन्दै


२८ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व खाद्य कार्यक्रमले अफगानिस्तानमा भोकमरीको समस्या झन् भयावह बन्दै गएको चेतावनी दिएको छ । विशेषगरी अफगानिस्तान र पाकिस्तानको सीमा क्षेत्रमा भइरहेको सशस्त्र द्वन्द्वका कारण खाद्य सहायता र स्वास्थ्य सेवामा अवरोध पुग्दा लाखौँ मानिसहरू भोकमरीको जोखिममा परेका छन् ।

बिहीबार सार्वजनिक गरिएको एक प्रतिवेदनअनुसार, अफगानिस्तान अहिले विश्वकै सबैभन्दा गम्भीर भोकमरी संकटको चपेटामा छ। अफगानिस्तानमा कडा कुपोषणको दर बढ्दै गएको र यसले दशौँ हजार बालबालिकाको ज्यान जोखिममा पारेको जनाइएको छ । पक्तिया र खोस्ट जस्ता सीमावर्ती प्रान्तहरूमा अफगान तालिवान र पाकिस्तानी सुरक्षा बलबीच जारी झडपले मानवीय सहायता पुर्‍याउन कठिन बनाएको छ।

संयुक्त राष्ट्र संघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार पछिल्लो सीमा विवादका कारण पूर्वी अफगानिस्तानमा कम्तीमा १६,३७० परिवार विस्थापित भएका छन्। आर्थिक पतन, लामो समयदेखिको खडेरी र सहायताको अभावले ग्रामीण समुदायका लाखौँ मानिसहरू आपत्कालीन खाद्य सहयोगमा निर्भर रहन बाध्य छन्।

यदि सुरक्षा अवस्थामा सुधार नआए र मानवीय सहायता निरन्तर प्राप्त नभएमा आउँदा महिनाहरूमा यो संकट अझै गहिरिने चेतावनी सहायता एजेन्सीहरूले दिएका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८२, बिहीबार  ७ : ५८ बजे

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।

मकवानपुरमा खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एकको शव फेला

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरमालिका–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा