रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन « Khabarhub

रग्बी सेभेन्स-२०२६ : पुरुषमा एपीएफ, महिलामा आर्मी च्याम्पियन


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय रग्बी सेभेन्स महिला तथा पुरुष च्याम्पियनसिप–२०२६ मा पुरुषतर्फ एपीएफ क्लब र महिलातर्फ त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न फाइनल खेलमा महिलातर्फ आर्मीले एपीएफलाई २२–१२ ले पराजित गर्दै उपाधि जित्यो । पुरुषतर्फ एपीएफले आर्मीमाथि १०–५ को प्रतिस्पर्धात्मक जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।

यस्तै, तेस्रो स्थानका लागि भएको खेलमा पुरुषतर्फ गण्डकीले कर्णाली प्रदेशलाई १२–७ ले हरायो । महिलातर्फ बागमतीले कर्णाली प्रदेशलाई ५–० ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्‍यो ।

व्यक्तिगततर्फ पुरुषमा एपीएफका रोहन ढंगोल उत्कृष्ट खेलाडी घोषित हुँदै ट्रफीसहित ५ हजार रुपैयाँ प्राप्त गरे। महिलातर्फ आर्मीकी कुमारी श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुँदै ५ हजार रुपैयाँ र ट्रफी हात पारिन् । 

सेमिफाइनलमा पुरुषतर्फ आर्मीले कोशी प्रदेशलाई ४१–५ को फराकिलो अन्तरले हराएको थियो भने एपीएफले गण्डकी प्रदेशलाई २४–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। महिलातर्फ एपीएफले बागमती प्रदेशलाई र आर्मीले कर्णाली प्रदेशलाई हराउँदै उपाधि भिडन्त तय गरेका थिए ।

प्रतियोगितामा विजेता टोलीले ५० हजार रुपैयाँ तथा उपविजेताले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।

नेपाल रग्बी संघको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी कुल १४ टोलीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ६ : ५० बजे

रास्वपा सभापति लामिछानेले आफ्ना सांसद र मन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ