फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै « Khabarhub

फलेवास नगरपालिकाले आजदेखि आफ्नै भवनबाट सेवा प्रवाह गर्दै


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

पर्वत– सङ्घीयता कार्यान्वयनमा आएको एक दशकपछि यहाँको फलेवास नगरपालिकाको भवन निर्माण भएको छ ।

जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै भवन बनाउने छैटौँ स्थानीय तह बनेको छ । यसअघि मोदी, विहादी, पैंयूँ, महाशिला र जलजला गाउँपालिकाले आफ्नै भवन निर्माण गरी कार्यालय सञ्चालन गर्दै आएका छन् ।

अब कुश्मा नगरपालिकाको भवन निर्माण मात्र सम्पन्न हुन बाँकी छ । निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । नवनिर्मित फलेवास नगरपालिका भवनको सोमबार नगरप्रमुख गङ्गाधर तिवारीले उद्घाटन गर्नुभयो । सो भवन कालीगण्डकी प्रदीप जुम्ली जेभीले २०७८ साल भदौ २१ मा सम्झौता भई निर्माण सुरु भएको थियो ।

नौ करोड एक लाख ५३ हजार २०० रुपैयाँमा निर्माण सम्पन्न भएको भवनमा तीनतला र ४२ कोठा छन् । जसमा तीनवटा सभाहलसहित खानेपानी, विद्युत्, शौचालय जस्ता सुविधा छ । त्यसैगरी, नगरपालिकाका सबै विषयगत शाखा एउटै भवनबाट एकीकृत रूपमा सञ्चालन गर्न थालिएको छ । सङ्घीय सरकारको ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत लगानीमा भवन निर्माण गरिएको प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीले जानकारी दिए ।

भवन निर्माणका लागि स्थानीय बासिन्दाले ६२ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । भवन उद्घाटन गर्दै नगरप्रमुख तिवारीले अब नागरिकले नगरपालिकाबाट लिने सेवा सुविधा सहज हुने बताए ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १२ : १९ बजे

अहिलेको सांसद इन्द्रेणी : प्रचण्ड

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेकपाका नेता पुष्पकमल दाहाल

कांग्रेसले माग्यो प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण रिपोर्ट

काठमाडौं- प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले संसदको संयुक्त बैठकमा

संसद्‌बाट कांग्रेसको प्रश्नै प्रश्न, ‘अध्यादेशको पहिरोमा लोकतन्त्र पुरियो, सरकार फेसबुकमै सीमित भयो’

काठमाडौं– प्रतिनिधिसभाको बजेट अधिवेशनको सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले

पाकिस्तानमा प्रहरीलाई लक्षित गरी गरिएको विस्फोटमा ७ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मंगलबार प्रहरीको गाडीलाई लक्षित

सरकार सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण : भीष्मराज आङ्देम्बे

काठमाडौं – सोमबार बसेको प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज