यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि आज मतदान « Khabarhub

यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि आज मतदान


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्ष पदका लागि आज निर्वाचन हुँदैछ । महासंघको सातौँ महाधिवेशन २७ गतेदेखि पोखरामा जारी छ ।

अध्यक्ष पदका लागि पुण्यप्रसाद सिटौला ‘सरोज’ र हरिशरण केसीबीच प्रतिस्पर्धा हुने भएको छ । महाधिवेशनले आजै आगामी तीन वर्षका लागि नयाँ केन्द्रीय कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको अध्यक्ष पदका उम्मेदवार सिटौलाले जानकारी दिए ।

महाधिवेशनमा देशभरका ३८७ वटा संस्थाबाट आएका १५ सयभन्दा बढी प्रतिनिधि तथा मतदाता सहभागी भएका छन् ।

यसबीच अध्यक्ष पदका उम्मेदवार केसीलाई नेपाल ट्रक यातायात व्यवसायी महासंघले समर्थन गरेको चर्चा सार्वजनिक भएपछि ट्रक महासंघले त्यसको खण्डन गरेको छ ।

महासंघका अध्यक्ष राजेन्द्र विक्रम बानियाँले विज्ञप्ति जारी गर्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले निर्वाचन प्रक्रियामा तटस्थ भूमिका अपनाएको स्पष्ट पारेका छन् ।

उनले सामाजिक सञ्जाल, केही अनलाइन सञ्चारमाध्यम तथा पत्रपत्रिकामार्फत प्रकाशित समर्थनसम्बन्धी समाचार आधिकारिक नभएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल ट्रक यातायात व्यवसायी महासंघ एक स्वायत्त संस्था भएकाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको उच्च सम्मान गर्दछ । आसन्न अधिवेशनमा कुनै पनि उम्मेदवारलाई आधिकारिक समर्थन नगरेको व्यहोरा सबैमा जानकारी गराइन्छ ।’

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १२ : ५० बजे

मंगलबारका लागि लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन १९ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १९ गते मंगलबार सन् २०२६

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९