अमेरिकामा अर्की नेपाली युवतीलाई आपत्, फ्ल्याटमा बन्धक बनाएर ‘बलात्कार’ « Khabarhub

अमेरिकामा अर्की नेपाली युवतीलाई आपत्, फ्ल्याटमा बन्धक बनाएर ‘बलात्कार’


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा काम खोजिदिने बहानामा एक नेपाली युवतीलाई बन्धक बनाई बलात्कार गरिएको आरोप सार्वजनिक भएको छ । पीडित युवतीले सामाजिक सञ्जालमार्फत आफूले भोगेको घटना विवरण बाहिर ल्याएपछि यस विषयले ध्यान खिचेको छ ।

पीडितको विवरण अनुसार घटना भर्जिनिया राज्यमा भएको हो । उनी २०२५ मे १ मा डिभीमार्फत अमेरिका पुगेकी थिइन् र सुरुमा टेक्सासमा करिब एक महिना बसेकी थिइन् । पछि काम खोज्ने क्रममा २०२५ सेप्टेम्बरमा भर्जिनिया पुगेकी थिइन् ।

त्यहाँ एक घरबेटीकोमा करिब १५ दिन बसेपछि कामको खोजीका लागि सहयोग गर्ने क्रममा सेभेन–इलेभेनमा एक नेपाली व्यक्तिसँग उनको चिनजान भएको थियो । ती व्यक्तिले आफू म्यानेजर भएको दाबी गर्दै केही दिनमै काम मिलाइदिने आश्वासन दिएका थिए ।

पीडितका अनुसार त्यसपछि ती व्यक्तिले कामका लागि भन्दै उनलाई बोलाएर आफ्नो फ्ल्याटमा लगे र त्यहीँ जबरजस्ती बलात्कार गरेको आरोप छ । त्यसपछि उनले कसैलाई भने ज्यान मार्ने धम्की दिएको र नेपाली वा प्रहरीलाई जानकारी दिए ‘परिणाम खराब हुने’ भन्दै डर देखाएको पीडितले उल्लेख गरेकी छन् ।

उनले २०२५ अक्टोबर ५ देखि आफूलाई बन्धक बनाएर राखिएको दाबी गरेकी छन् । सो अवधिमा शारीरिक तथा मानसिक यातना दिइएको, कुटपिट गरिएको र पटक पटक धम्की दिइएको उनको आरोप छ ।

पीडितका अनुसार घटनापछि उनलाई प्रहरीसमक्ष गलत ढंगले प्रस्तुत गरिएको र मानसिक स्वास्थ्यको बहानामा अस्पताल पुर्‍याइएको थियो । त्यहाँ केही दिन बस्नुपरेको र पछि चिकित्सकीय परीक्षणपछि गम्भीर मानसिक समस्या नभएको भन्दै डिस्चार्ज गरिएको उनले उल्लेख गरेकी छन् ।

हाल उनी सुरक्षित स्थानमा रहेर न्यायको माग गरिरहेकी छन् । पीडितले आरोपित व्यक्तिको नाम मदन भएको र घर झापा भएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत न्यायका लागि अपिल गरेकी छन् ।

उनले सबै नेपाली समुदायलाई आफ्नो पक्षमा आवाज उठाइदिन अनुरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेकी छन् ।

अमेरिकास्थित नेपाली समुदायले पनि यो घटनाबारे चासो व्यक्त गर्दै अनुसन्धान र न्यायिक प्रक्रियाको माग गरिरहेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १ : ५९ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)