केन्द्रीय समिति विस्तारमा पूर्णबहादुरको असन्तुष्टि : ‘सभापतिको निर्णयले कांग्रेस एकतामा ठेस पुग्यो’ « Khabarhub

केन्द्रीय समिति विस्तारमा पूर्णबहादुरको असन्तुष्टि : ‘सभापतिको निर्णयले कांग्रेस एकतामा ठेस पुग्यो’


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति विस्तार प्रक्रियाप्रति असन्तुष्टि जनाएका छन् । उनले यो बिस्तार पार्टीको ‘बृहत् र सम्पूर्ण एकता’ आवश्यक रहेको बताएका छन् ।

पूर्वकार्यवाहक सभापति खड्काले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै हालै विशेष महाधिवेशनबाट गठित केन्द्रीय कार्यसमितिको विस्तारबारे विभिन्न टिप्पणी, कार्यकर्तामाझ देखिएको भ्रम तथा आफ्नो भूमिकाबारे उठेका प्रश्नप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

खड्काले केही साताअघि सभापति गगनकुमार थापासँग एक्लै तथा केही दिनअघि  थापा र उपसभापति विश्वप्रकाश शर्मासँग सामूहिक छलफल भएको जानकारी दिएका छन् ।

उनले उक्त भेटमा देशको राष्ट्रियता इतिहासकै गम्भीर जोखिममा रहेको, नेपाली कांग्रेस अप्ठ्यारो र प्रतिकूल परिस्थितिबाट गुज्रिरहेको तथा ‘पपुलिज्म’ का नाममा संविधानवाद, लोकतन्त्र र पार्टीका मूल्यमान्यतामाथि निरन्तर आक्रमण भइरहेको विषय उठाएको बताएका छन् ।

खड्काले कांग्रेस एकताबिना राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न नसकिने स्पष्ट धारणा राखेका छन् । 

‘नेपाली कांग्रेस पार्टीको बृहत् र सम्पूर्ण एकता नभई हामी राष्ट्रिय राजनीतिमा प्रभावकारी, हस्तक्षेपकारी र सार्थक भूमिका खेल्न सक्दैनौँ,’ उनले उल्लेख गरेका छन् ।

उनले पार्टी एकताको मुख्य जिम्मेवारी गगन थापा र त्यसपछि विश्वप्रकाश शर्माको काँधमा रहेको उल्लेख गर्दै सबैलाई पार्टीलाई ‘सम्पूर्ण रूपमा एक बनाउने अभियान’ मा लाग्न आग्रह गरेको बताएका छन् ।

खड्काले वैशाख २८ गते गरिएको भनिएको केन्द्रीय कार्यसमिति मनोनयनबारे आफूलाई कुनै जानकारी वा परामर्श नभएको पनि स्पष्ट पारेका छन् । 

‘२८ गतेको निर्णयले पार्टीको बृहत् र सम्पूर्ण एकता गर्ने उद्देश्यमा ठेस पुगेको छ,’ उनले बताएका छन् ।

उनले विगतमा विभाजित कांग्रेसले ठूलो राजनीतिक क्षति ब्यहोर्नुपरेको स्मरण गर्दै त्यसले जनविश्वाससमेत गुमाएको उल्लेख गरेका छन् । 

त्यतिबेला शीर्ष नेतृत्वले आत्मसमीक्षा गरेर संगठनात्मक र भावनात्मक एकता कायम गर्दै पार्टीलाई अघि बढाएको इतिहास रहेको उनको भनाइ छ ।

खड्काले फागुन २१ गते सम्पन्न आमनिर्वाचनको परिणामले कांग्रेसलाई गम्भीर रूपमा झस्काएको उल्लेख गर्दै त्यसबाट पाठ सिकेर नयाँ सोच, साझा दृष्टिकोण र पूर्ण एकताको बाटोमा अघि बढ्नुपर्ने बताएका छन् ।

उनले अझै पनि पार्टी नेतृत्वले सामूहिक भावना, साझा विचार र बृहत् एकताको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ३ : ०३ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा