पाकिस्तानमा एचआईभी/एड्स संक्रमण भयावह « Khabarhub

पाकिस्तानमा एचआईभी/एड्स संक्रमण भयावह


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानमा एचआईभी/एड्सको संक्रमण भयावह बन्दै गएको छ । यो अब जनस्वास्थ्यको सामान्य समस्या मात्र नभइ स्वास्थ्य प्रणालीको असफलता नै साबित भएको छ । हाल पाकिस्तानमा साढे तीन लाखभन्दा बढी मानिस एचआईभी/एड्सबाट पीडित छन् ।

अहिले सबैभन्दा डरलाग्दो अवस्था नयाँ संक्रमितहरूको देखिएको छ । अचम्मको कुरा के छ भने नयाँ संक्रमितमा अधिकांश बालबालिका छन् । उनीहरू आफ्ना व्यवहारका कारण संक्रमित भएका होइनन् । उनीहरूलाई जोगाउनुपर्ने स्वास्थ्य प्रणालीकै कारण संक्रमण सरेको हो ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार यस संकटका पछाडि मुख्य दुईवटा कारण छन् । पहिलो कारण स्वास्थ्य संस्थाहरूमा संक्रमण नियन्त्रणको अभाव हुनु हो । दोस्रो कारण चाहिँ प्रतिबन्धका बाबजुद पनि पुरानै सुइहरूको पुनः प्रयोग हुनु हो ।

पाकिस्तान सरकारले सन् २०२१ मा नै यस्ता सुइहरूमा प्रतिबन्ध लगाएको थियो । तर पनि यसको प्रयोग रोकिएको छैन । विज्ञहरू यसलाई ‘मानवनिर्मित महामारी’ भनिरहेका छन् । पाकिस्तानका कराँची, लर्काना र मुल्तान जस्ता सहरका अस्पतालहरूबाटै यो रोग फैलिएको छ ।

केही ठाउँमा त एक वर्षका बालबालिका समेत संक्रमित पाइएका छन्। उपचारका लागि क्लिनिक जाँदा उनीहरूमा संक्रमण सरेको हो। फोहोर सुइ र असुरक्षित चिकित्सा पद्धतिका कारण यस्तो भएको हो। यो अवस्थालाई सजिलै रोक्न सकिन्थ्यो। तर त्यहाँ न त नियमको पालना भएको छ, न कसैलाई कारबाही नै गरिएको छ।

बजारमा नक्कली र असुरक्षित सुइहरू आपूर्ति भइरहेको चिकित्सकहरूले चेतावनी दिएका छन्। औषधि नियामक निकाय र स्वास्थ्य विभागहरू यसमा पूर्ण रूपमा असफल देखिएका छन्। सरकारले यस सम्बन्धी तथ्य र तथ्याङ्क पनि लुकाउने गरेको छ। महामारी सम्बन्धी अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक गरिँदैनन्। तथ्यहरू लुकाइँदा नीति निर्माता र सर्वसाधारणले सही जानकारी पाएका छैनन्।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ४ : ०३ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा विद्युत् जडान, रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत सेवा सञ्चालन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष