सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन « Khabarhub

सडकबाट उद्धार गरिएकामध्ये ४० प्रतिशतको परिवारसँग पुनर्मिलन


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्धार गरिएकामध्ये सडक सहयोगापेक्षी मानव ४० प्रतिशतलाई मात्रै परिवारसँग पुनर्मिलन गराउन सकिने बताइएको छ । 

मानव सेवा आश्रम उपत्यका इन्चार्ज कृष्ण पौडेलका अनुसार सडक आश्रित मानव अहिले परिवार भएर पनि विभिन्न बहाना वा समस्याका कारण सडकमा आउने गरेका छन् । उनीहरू परिवारसँग त्यति सजिलै जान मान्दैनन् । पटकपटकको प्रयासपछि बढीमा ४० प्रतिशतलाई परिवारसँग पुनर्मिलन गराउन सकिन्छ । 

उद्धार गरीएकामध्ये बढीभन्दा बढीलाई परिवारसँग मिलन गराउने आश्रयको दायित्व र उद्देश्य हो, त्यसका लागि अहिले सडक सहयोगापेक्षीहरूको वास्तविकता पहिचान गर्न होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । हाल काठमाडौँ उपत्यकामा दुईवटा होल्डिङ सेन्टर सञ्चालनमा रहेको छ।

कामपा, पशुपति क्षेत्र विकास कोष र मानव सेवा आश्रमले गत वैशाख २३ गतेदेखि संयुक्त रूपमा वडा नं ८ तिलगङ्गामा सञ्चालन गरिएको सेन्टरमा पहिलो २८ जनालाई सेन्टरमा राखेर पहिचान गरिएको थियो । 

कामपाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सेन्टरमा पुगेर पूर्वाधार, सुविधा, व्यवस्थापन र सहयोगापेक्षीका अपेक्षाका विषयमा जानकारी लिँदै उनले भने, ‘हामी काठमाडौँलाई सहयोगापेक्षी मुक्त बनाउन नेतृत्व गरिरहेका छौँ । सहरमा काम गर्न सक्ने व्यक्तिले श्रम गरेर खाने, श्रम बजारमा जान नसक्ने र दायित्व लिने कोही नभएकाको मानवोचित बसोबासका लागि कामपाले व्यवस्था मिलाउनेछ । यो कामलाई सफल बनाउन व्यक्ति परिवार, साझेदार सबैको समन्वय आवश्यक छ । मिलेर काम गरौँ ।’
 
‘पारिवारिक पुनर्मिलन पहिलो लक्ष्य हो, असहाय र बेवारिसेलाई मात्र आश्रममा राख्ने हो’, उनले उद्धार गरिएकाहरूसँग कुरा गर्दै, पारिवारिक अवस्था, सडकमा आउनुपर्नाको कारण, शारीरिक अवस्था, परिवार र सरकारसँगका अपेक्षालगायत विषयमा जानकारी लिएका थिए । खानपान र बसोबास व्यवस्थाको कुरा गर्दै उनले बिरामीलाई उपचारको व्यवस्था मिलाउन निर्देशनसमेत दिएका थिए ।

उक्त दिन उद्धार गरिएकामध्ये चार जनामा मानसिक समस्या छ । एक ज्येष्ठ नागरिकलाई कुकुरले टोकेर घाइते बनाएको छ । उद्धारबाट ह्वीलचेयर प्रयोगकर्ता र वैशाखी प्रयोगकर्तालाई समेत सेन्टरमा ल्याइएको मानव सेवा आश्रमका इन्चार्ज पौडेलले जानकारी दिए ।

उद्धार भएकामध्ये छ जना महिला र बाँकी सबै पुरुष छन्। ठेगाना हेर्दा सोलुखुम्बु, सर्लाही, मकवानपुर, साँखु, सुनसरी, मोरङ, बारा, महोत्तरी, खोटाङ, धनकुटा, सुर्खेत, दोलखासहित स्थानका व्यक्ति छन् ।
 

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  १० : ४७ बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्