पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह « Khabarhub

पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रदेश तथा स्थानीय सरकारलाई आफ्नो पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत रकम विज्ञान, अनुसन्धान तथा नवप्रवर्तनका क्षेत्रमा विनियोजन गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मन्त्री पुनले विज्ञान तथा नवप्रवर्तनसम्बन्धी अनुदान प्राप्त गर्न पुँजीगत बजेटको एक प्रतिशत रकम यस क्षेत्रमा छुट्याउनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै आगामी बजेट निर्माणका क्रममा उक्त विषयलाई प्राथमिकतामा राख्न प्रदेश र स्थानीय तहलाई अनुरोध गरेका हुन्।

उनले देशको समृद्धि र दिगो विकासका लागि अनुसन्धान तथा नवप्रवर्तन अपरिहार्य रहेको बताउँदै यस क्षेत्रको विकासमा मन्त्रालयले महत्वपूर्ण कदम चाल्ने जानकारी दिए।

‘देशलाई समृद्ध बनाउन नगरीनहुने महत्वपूर्ण कदम हाम्रो मन्त्रालयले चाल्नेछ,’ मन्त्री पुनले भने, ‘देशको विकास, अनुसन्धान र नवप्रवर्तन कसरी गर्ने र गराउने भन्ने संस्कार सङ्घीय, प्रदेश र स्थानीय सरकारसँगै आम नेपाली जनतामा विकास गर्न निरन्तर लागिरहनेछौँ।’

मन्त्री पुनले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई विकासको आधारस्तम्भका रूपमा स्थापित गर्न सबै तहका सरकार तथा सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको पनि जोड दिए।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  १२ : ०३ बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्