भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू « Khabarhub

भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–४ स्थित जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ।

भारतीय सरकारको करिब ९ करोड ३० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत बन्नेछ।

परियोजनाको कार्यान्वयन सान्नीत्रिवेणी गाउँपालिकामार्फत गरिने जनाइएको छ। यो कालीकोट जिल्लामा सञ्चालन हुन लागेको पहिलो एचआईसीडीपी परियोजना हो।

शिलान्यास कार्यक्रममा सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्षलगायत स्थानीय सरोकारवालाले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ पूर्वाधारले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय सिकाइ वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भिडियो सन्देशमार्फत परियोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनतासँग मिलेर साझा विकास र समृद्धिका लागि काम गर्ने भारत सरकारको प्रतिबद्धता दोहोर्‍याए।

भारतीय दूतावासका अनुसार उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमअन्तर्गत हालसम्म नेपालका सातै प्रदेश र ७४ जिल्लामा करिब ६०० परियोजना सञ्चालन गरिएका छन्। तीमध्ये १८ परियोजना कर्णाली प्रदेशमा रहेका छन्।

यसैगरी भारत सरकारले कालीकोट जिल्लामा ४ वटा एम्बुलेन्स र २ वटा विद्यालय बस उपलब्ध गराइसकेको छ। कर्णाली प्रदेशका स्वास्थ्य तथा शैक्षिक संस्थाहरूलाई हालसम्म ५६ वटा एम्बुलेन्स र १४ वटा विद्यालय बस उपहारस्वरूप प्रदान गरिएको दूतावासले जनाएको छ।

भारतीय दूतावासले नेपाल–भारतबीचको विकास सहकार्यलाई थप सुदृढ बनाउन यस्ता परियोजनाले स्थानीय पूर्वाधार विकास तथा समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  १२ : २९ बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्