सीमा विवादबारे परराष्ट्रमन्त्रीको भूमिकामा प्रश्न उठाइन् खुश्वुले « Khabarhub

सीमा विवादबारे परराष्ट्रमन्त्रीको भूमिकामा प्रश्न उठाइन् खुश्वुले


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले भारतसँगको सीमा विवादबारे परराष्ट्र मन्त्री शिशिर खनालको भूमिकाबारे असन्तुष्टि पोखेकी छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले परराष्ट्रमन्त्री खनालले दिल्ली भ्रमणमा जाँदा दिएको अभिव्यक्ति चित्त बुझ्दो नभएको बताएकी हुन्।

परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणमा जाँदा सीमा विवादका विषयमा पछि बोल्छु भनेको स्मरण गराउँदै उनले दिल्ली पुगेपछि यस विषयमा केही नबोलेको र चासो नदेखाएको आरोप लगाएकी छन्।

‘सीमा विवादबारे परराष्ट्रमन्त्रीज्युले राख्नुभएको कुरामा असमर्थन जनाउन चाहन्छु। दिल्लीको औपचारिक वार्तामा कहीँकतै उहाँले सीमा विवादको विषयमा बोल्नु भएन। भ्रमण सकिएपछि बन्द कोठामा पत्रकारहरूसँग उठाउनु भयो। काठमाडौं फर्केपछि पत्रकारले उठाएपछि प्रेस नोटमा केही भन्नुभएन,’ उनले भनिन्, ‘विगत चार वर्षमा कुनै न कुनै रूपमा नेपालले लेख्ने प्रेस नोटमा सीमा विवादका विषय जहिल्यै पनि रहँन्थ्यो। पहिलो पटक हाम्रो प्रेस नोटबाट हटेको छ।’ 

उनले दिल्लीबाट काठमाडौं फर्केर पनि खनालले केही नबोलेको भन्दै चीन भ्रमणका बेला सीमा विवादबारे बोल्न परराष्ट्रमन्त्रीलाई आग्रह गरिन्।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  २ : ०३ बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्