सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो « Khabarhub

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी खटाएर नियन्त्रणमा लिएको छ।

विमानस्थलमै समसामयिक विषयमा बोल्न पत्रकार सम्मेलन तयारी गरेपछि उनलाई सरकारले प्रहरी लगाएर सिधै घरमा पुर्‍याइिएको हो ।

उनले वालेन्द्र शाह नेतृत्वको सरकारको पछिल्लो विवादित गतिविधिबारे कडा टिप्पणीको तयारी गरेका थिए ।

आइतबार गृहजिल्ला झापाबाट काठमाडौं फर्किएका प्रसाईंले विमानस्थलमै समसामयिक राजनीतिक घटनाक्रमबारे बोल्ने योजनासहित पत्रकार सम्मेलन गर्न लागेका थिए ।

तर प्रहरीले उनलाई विमानस्थलमा पत्रकार सम्मेलन गर्न नदिई नियन्त्रणमा लिएर भक्तपुरस्थित ठिमी (कमेराेटार) स्थित निवासमा पुर्‍याएको हो ।

विमानस्थलमा पत्रकार सम्मेलन गर्न नपाएपछि प्रसाईंले आइतबार दिउँसो ३ बजे ठिमीस्थित निवासमा पत्रकार सम्मेलन गरेर बोल्दैछन्।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  १ : ५६ बजे

विश्व आदिवासी दिवसमा काठमाडौंमा र्‍याली (तस्बिरहरू)

काठमाडौं– ३२औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ

तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी

शान्नान– तिब्बतको शान्नानस्थित एक सहकारीले परम्परागत ऊनी कपडा ‘पुलु’ र

वनकाली धर्मशाला, कलात्मक पर्खाल र ऐतिहासिक पोखरी पुनर्निर्माण शिलान्यास

काठमाडौं– काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्न लागेको पशुपति बनकाली धर्मशाला, कलात्मक

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत भेटिए

काठमाडौं– तीन दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका

इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान

इलाम– माङसेबुङ गाउँपालिका–२ का किसान देशराज लिम्बूले गत वर्ष अदुवा बेचेर