गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले दिए एक लाख सहयोग, दिए छोरीलाई पढाउने आश्वासन « Khabarhub

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले दिए एक लाख सहयोग, दिए छोरीलाई पढाउने आश्वासन


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

आइतबार मृतक नेपालीका परिवारलाई भेट्न पुग्नुभएका नेता बस्नेतले मृतककी आमालाई भेटेर सो आर्थिक सहयोग रकम हस्तान्तरण गरे  । 

सो रकम हस्तान्तरण गर्दे नेता बस्नेतले विकट जिल्लामा रहेका मृतकका परिवारको आर्थिक अवस्था कमजोर रहेको कारण आफुले तत्काल नगद १ लाख सहयोग गरेको बताए । 

उनले मृतक नेपालीको बच्चालाई महानगरले सहयोग नगरे स्नातकसम्म निःशुल्क पढाउने समेत बचन दिए  । नेता बस्नेतले यस अघि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बाढी पहिरोमा परेर प्रभावित भएका ३०० भन्दा बढीलाई काठमाडौँ ल्याएर पढाएको समेत जानकारी गराए । 

नेता बस्नेतले सरकारले सवारीसाधनमा लगाउने भनिएको जरिवानाको मात्रा अन्तर्राष्ट्रिय स्तरको हेरेर लगाउन नहुने धारणा समेत राखे । उनले सवारी साधनका हकमा जरिवाना थोरै राखेर सचेतना कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

नेता बस्नेतले सरकारले वास्तविक सुकुम्वासीहरूको पहिचान गरेर व्यवस्थापन गर्न नसकेको टिप्पणी गरे । उनले सरकारले सय दिनमा प्रणालीलाई भत्काउने काम गरेको आरोप समेत लगाए । नेता बस्नेतले सरकार सय दिनमा प्रतिशोध साध्ने कुरामा बढी केन्द्रित भएको उल्लेख गर्दे जनमुखी काममा भने पछाडि रहेको टिप्पणी गरे । 

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ३ : ५३ बजे

सर्वोच्चको पुनरावलोकन आदेशबारे गगन भन्छन्, ‘शानका साथ अदालत जान्छौँ, आफ्ना कुरा राख्छौँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको दोस्रो विशेष महाधिवेशनसम्बन्धी

‘रोड टु एभरेस्ट’ वृत्तचित्रको फर्स्ट लुक पोस्टर र अफिसियल टिजर सार्वजनिक

काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, जिज्ञासा र जलवायु

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं– संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक

‘केजीएफ’ पछि नयाँ अवतारमा यश, ‘टक्सिक’ को डार्क ट्रेलरले बढायो कौतुहलता

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार यश फेरि एकपटक दमदार र रहस्यमय

एच-१बी भिसाधारीको जागिर गए कठिन हुन सक्छ अमेरिका बसाइ, ६० दिनको ‘ग्रेस पिरियड’ हटाउने तयारी

वाशिङ्टन- अमेरिकामा एच-१बी भिसामा काम गरिरहेका विदेशी कर्मचारीको समस्या थपिन