गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले दिए एक लाख सहयोग, दिए छोरीलाई पढाउने आश्वासन « Khabarhub

गणेश नेपालीको परिवारलाई मोहन बस्नेतले दिए एक लाख सहयोग, दिए छोरीलाई पढाउने आश्वासन


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता मोहन बस्नेतले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

आइतबार मृतक नेपालीका परिवारलाई भेट्न पुग्नुभएका नेता बस्नेतले मृतककी आमालाई भेटेर सो आर्थिक सहयोग रकम हस्तान्तरण गरे  । 

सो रकम हस्तान्तरण गर्दे नेता बस्नेतले विकट जिल्लामा रहेका मृतकका परिवारको आर्थिक अवस्था कमजोर रहेको कारण आफुले तत्काल नगद १ लाख सहयोग गरेको बताए । 

उनले मृतक नेपालीको बच्चालाई महानगरले सहयोग नगरे स्नातकसम्म निःशुल्क पढाउने समेत बचन दिए  । नेता बस्नेतले यस अघि सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु बाढी पहिरोमा परेर प्रभावित भएका ३०० भन्दा बढीलाई काठमाडौँ ल्याएर पढाएको समेत जानकारी गराए । 

नेता बस्नेतले सरकारले सवारीसाधनमा लगाउने भनिएको जरिवानाको मात्रा अन्तर्राष्ट्रिय स्तरको हेरेर लगाउन नहुने धारणा समेत राखे । उनले सवारी साधनका हकमा जरिवाना थोरै राखेर सचेतना कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

नेता बस्नेतले सरकारले वास्तविक सुकुम्वासीहरूको पहिचान गरेर व्यवस्थापन गर्न नसकेको टिप्पणी गरे । उनले सरकारले सय दिनमा प्रणालीलाई भत्काउने काम गरेको आरोप समेत लगाए । नेता बस्नेतले सरकार सय दिनमा प्रतिशोध साध्ने कुरामा बढी केन्द्रित भएको उल्लेख गर्दे जनमुखी काममा भने पछाडि रहेको टिप्पणी गरे । 

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ३ : ५३ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम