अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण « Khabarhub

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण गरिएको छ । करिब समुद्री सतहबाट करिब एक हजार ७०० मिटर उचाइमा पर्ने यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेकाले पर्यावरणीय सन्तुलन कायम गर्न तथा वन्यजन्तुको सहजताका लागि पोखरी निर्माण गरिएको हो ।

वनको बीचमा ढुङ्गाको बाँध निर्माण गरी तयार गरिएको बहुउपयोगी रिचार्ज पोखरीले जलस्रोत संरक्षण, पर्यावरणीय सन्तुलन कायम गर्न तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । जिल्लास्थित डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा जलस्रोत संरक्षणलाई प्राथमिकतामा राख्दै उक्त पोखरी निर्माण गरेको हो । 

वन क्षेत्रभित्र वर्षायाममा खेर जाने पानीलाई सङ्कलन गरी भूमिगत रूपमा पुनः रिचार्ज गर्ने उद्देश्यले निर्माण गरिएको यो संरचनाले यस क्षेत्रका प्राकृतिक मुहानलाई दीर्घकालसम्म संरक्षण गर्न सहयोग पुग्ने डिभिजन वन कार्यालयका सूचना अधिकारी केशर खड्काले विश्वास व्यक्त गरे । 

उक्त रिचार्ज पोखरीभन्दा करिब ५०० मिटर तल वनक्षेत्रमा सात वटा प्राकृतिक पानीका मुहान पनि छन् । ती मुहानबाट स्थानीय बासिन्दाले पिउन तथा अन्य दैनिक प्रयोजनका लागि पानी प्रयोग गर्दै आएका छन् । पछिल्ला वर्षहरूमा वर्षा अनियमित हुने तथा पुरानो प्राकृतिक दह सुक्दै गएपछि ती मुहानमा पानीको मात्रा क्रमशः घट्न थालेको छ ।

स्थानीयवासीले पानीका स्रोत सुक्दै गएको गुनासो गरेपछि डिभिजन वन कार्यालयले सोही स्थानमा वर्षभरि पानी रहने गरी नमूना रिचार्ज पोखरी निर्माण गरेको जनाएको छ । 

सूचना अधिकारी खड्काका अनुसार गहुँखर्कको उक्त स्थान विगतमा प्राकृतिक दहका रूपमा परिचित थियो । ‘समयक्रममा दह पुरिँदै र सुक्दै गएपछि यसबाट पुनर्भरण हुने भूमिगत जलको मात्रा घट्न पुग्यो । परिणामस्वरूप दहमुनि रहेका सातवटै प्राकृतिक मुहानमा पानीको बहाव कम हुँदै गयो । यही अवस्थालाई मध्यनजर गर्दै वर्षायाममा सङ्कलित पानीलाई भूमिगत रूपमा पुनः रिचार्ज गराउने उद्देश्यले पोखरी निर्माण गरिएको हो’, उनले भने ।

यस संरचनाको मुख्य उद्देश्य सात वटा प्राकृतिक मुहानको दीर्घकालीन संरक्षण गर्नु रहेको सूचना अधिकारी खड्काले बताए । वर्षायाममा पोखरीमा सङ्कलित पानी विस्तारै जमिनभित्र सोसिएर भूमिगत जल भण्डार बढाउने भएकाले मुहानहरूमा वर्षभरि पानीको मात्रा कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ४ : ३३ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका