मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण « Khabarhub

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिमलाई न्यूनीकरण गर्न सबै सरोकारवाला निकायसँगको समन्वयलाई तीव्र बनाइएको बताएको छ ।

प्राधिकरणको आइतबार बसेको बैठकमा मनसुनजन्य विपद्को तयारी र सरोकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अद्यावधिक गरेको जनाएको छ । 

प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाले मनसुन अवधिमा जनधनको क्षति न्यूनीकरणका लागि सरकार पूर्ण तयारीमा रहेको बताए । 

असार ४ गते गृहमन्त्री सुधन गुरुङको संयोजकत्वमा बसेको बैठकले विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो । सोही निर्देशनको कार्यान्वयन अवस्था समीक्षा गर्न बैठक आयोजना गरिएको उनले जानकारी दिए ।

हाल देशभर मनसुन सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनका आधारमा प्राधिकरणले आवश्यक एड्भाइजरी जारी गरिरहेको पनि कार्यकारी प्रमुख कोइरालाले जानकारी दिए ।

विभागले गरेको मौसमको पूर्वानुमानका आधारमा आवश्यक पर्दा प्राधिकरणले निरन्तर एड्भाइजरी जारी गर्ने गरेको छ । 

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ५ : २८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको