हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड « Khabarhub

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन केन्द्रको निरीक्षण गरेकी छन् ।

निरीक्षणका क्रममा मन्त्री चौधरीले केन्द्रको वर्तमान अवस्था, पूर्वाधार, हात्ती संरक्षण तथा व्यवस्थापनका विषयमा जानकारी लिएकी थियो । 

उनले केन्द्रको समग्र सुधार, व्यवस्थापनलाई प्रभावकारी बनाउने तथा आवश्यक पूर्वाधार विकासका लागि सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिइन् ।

मन्त्री चौधरीले दीर्घकालीन रूपमा यस केन्द्रलाई ‘एलिफेन्ट सेन्चुरी’ का रूपमा विकास गरी संरक्षण र पर्यावरणीय पर्यटनको प्रवर्द्धनसँग जोड्नुपर्ने आवश्यकता औँल्याइन् । 

उनले प्राकृतिक वातावरणमै हात्ती संरक्षण, जैविक विविधताको संवर्द्धन तथा दिगो पर्यटन विकासलाई प्राथमिकतामा राखेर योजना अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइन् ।

उनले हात्ती संरक्षण, पर्यावरण संरक्षण र पर्यटन विकासलाई एकीकृत रूपमा अघि बढाउँदै चितवनलाई अझ आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको समेत बताइन् ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ६ : ०० बजे

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको