बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, हजारौँ विस्थापित « Khabarhub

बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो, हजारौँ विस्थापित


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ढाका – भारी मनसुनी वर्षाका कारण आएको आकस्मिक बाढी र पहिरोले बङ्गलादेशमा गत एक सातामा कम्तीमा ५० जनाको ज्यान गएको छ ।

अधिकारीहरूले एक सातामा कम्तीमा ५० जनाको ज्यान गएको र बाढी, पहिरो र डुवानका कारण दशौँ हजार मानिस घरबारविहीन भएका छन् ।

नदीहरूले भरिएको निम्न क्षेत्र भएको बङ्गलादेश मनसुनी मौसममा बाढी र पहिरोको जोखिममा रहन्छ। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले अत्यधिक मौसमी घटनाहरूको सङ्ख्या र तीव्रता बढाएको छ।

पछिल्ला केही दिनदेखि सेना र सीमा रक्षकहरूले देशको दक्षिण–पूर्वी जिल्लाहरूमा बाढीले कटान गरेको क्षेत्रमा डुङ्गामा खाना, पिउने पानी र अन्य आवश्यक सामग्री पु¥याइरहेका छन् ।

चट्टोग्राम जिल्लामा सबैभन्दा बढी क्षति

चट्टोग्रामका डिभिजनल कमिसनर मोहम्मद जियाउद्दिनले एएफपीसँग फोनमा बताएअनुसार गत एक सातामा यो जिल्लामा मात्र ५० जनाको मृत्यु भएको छ, जसमध्ये २९ जना पहिरोमा पुरिएर मरेका हुन्।

उनले भने , ‘अझै केही बेपत्ता छन्।’ उनका अनुसार करिब ३५ मानिस सरकारी आश्रय केन्द्रहरूमा बस्न बाध्य भएका छन् ।

गत साता कोक्स बजारको रोहिङ्ग्या शरणार्थी शिविरमा भारी वर्षाले पहिरो गएर १५ जनाको मृत्यु भएको थियो। उक्त घटनामा रूख कटान गरी पहाडी क्षेत्रमा बस्दै आएका १२ लाखभन्दा बढी रोहिङ्ग्या शरणार्थीका लागि भारी मनसुनी बर्षाले जोखिम बढाएको छ ।

बाढी पूर्वानुमान केन्द्रका सरदार उदय रायहानले आइतबार बताएअनुसार दक्षिण–पूर्वी जिल्लाहरूको स्थिति छिट्टै सुधारिने सम्भावना छ, तर मनसुन उत्तर–पूर्वी र उत्तरी भागमा सक्रिय छ । त्यहाँ थप बाढीको सम्भावना रहेको छ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ८ : ४२ बजे

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले

गोदावरी नदीबाट एक जनाको उद्धार

कैलाली – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले