कराँची विश्वकै सबैभन्दा बस्न अयोग्य शहरहरूको सूचीमा « Khabarhub

कराँची विश्वकै सबैभन्दा बस्न अयोग्य शहरहरूको सूचीमा


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू) ले सार्वजनिक गरेको सन् २०२६ को वार्षिक ‘ग्लोबल लिभेबिलिटी इन्डेक्स’ (विश्वव्यापी बस्न योग्य शहरहरूको सूचकांक) मा पाकिस्तानको व्यावसायिक राजधानी कराँची विश्वकै सबैभन्दा खराब र बस्न अयोग्य शहरहरूको सूचीमा परेको छ । कुल १७३ शहरहरू समावेश गरिएको यस अध्ययनमा कराँची १७० औँ स्थानमा खुम्चिएको हो । कराँचीभन्दा तल बंगलादेशको ढाका, लिबियाको त्रिपोली र सिरियाको दमास्कस मात्र रहेका छन् ।

युद्धग्रस्त क्षेत्रका रूपमा चिनिएका इरानको तेहरान र युक्रेनको किभको अवस्था समेत कराँचीको भन्दा केही राम्रो देखिएको छ। ईआईयूका अनुसार अत्यधिक सवारी चाप, अव्यवस्थित सडक र बढ्दो अपराध जस्ता समस्याहरूका कारण ठूला शहरहरूको सूचकांक खस्किएको हो ।

स्थिरता, स्वास्थ्य सेवा, संस्कृति तथा वातावरण, शिक्षा, र पूर्वाधार जस्ता प्रमुख सूचकहरूका आधारमा मूल्यांकन गरिने यस प्रतिवेदनमा कराँचीले १०० मा मात्र ४३ अंक प्राप्त गरेको छ। शिक्षा क्षेत्रमा बाहेक कराँचीले अन्य सबै क्षेत्रमा निकै निराशाजनक अंक पाएको छ। प्रतिवेदन अनुसार कराँचीले स्थिरतामा २०, संस्कृति तथा वातावरणमा ३६, पूर्वाधारमा ५२, स्वास्थ्य सेवामा ५४ र शिक्षामा ७५ अंक प्राप्त गरेको छ।

यस वर्षको सूचकांकमा अमेरिका र इरानबीचको तनाव तथा युद्धको प्रत्यक्ष असर मध्यपूर्वी देशहरूका शहरहरूमा पनि देखिएको छ। इरानको ड्रोन आक्रमणको चपेटामा परेको ओमानको मस्कट १४ स्थान तल झरेर १२३ औँ स्थानमा पुगेको छ, जुन यस वर्षकै सबैभन्दा ठूलो गिरावट हो। यसैगरी विदेशी नागरिकहरूको आकर्षक गन्तव्य मानिने कतारको दोहा सात स्थान तल झर्दै १०८ औँ स्थानमा पुगेको छ भने दुबई र अबु धाबी पनि चार–चार स्थान तल खस्किएका छन्।

यता विश्वकै सबैभन्दा बस्न योग्य र उत्कृष्ट शहरको पहिलो स्थानमा डेनमार्कको कोपेनहेगनले आफ्नो वर्चस्व कायम राखेको छ। उत्कृष्ट तीनभित्र अस्ट्रियाको भिएना र अस्ट्रेलियाको मेलबर्न पर्न सफल भएका छन्। शीर्ष १० उत्कृष्ट शहरहरूको सूचीमा उत्तर अमेरिकाबाट क्यानडाको भ्यानकुभर मात्र समेटिएको छ भने ठूला महानगरहरू (मेगासिटीज) मध्ये जापानको टोकियो मात्र शीर्ष १० मा पर्न सफल भएको छ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ८ : ५५ बजे

मधेस प्रदेशसभा : प्रदेश विनियोजन विधेयकमाथि छलफल

जनकपुरधाम– मधेस प्रदेशसभामा मधेस प्रदेश सरकारको प्रदेश विनियोजन विधेयक २०८३

रातो पासपोर्ट दुरूपयोग प्रकरण : संविधानसभाका तीन सदस्य उच्चबाट पनि दोषी ठहर

काठमाडौं- उच्च अदालत पाटनले रातो पासपोर्ट दुरुपयोगका क्रममा सरकारी कागजात

नेपाल–इजरायल आर्थिक सहकार्य विस्तारमा जोड

काठमाडौं–  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र नेपालका

तलब नपाएपछि कङ्गोमा इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीको हडताल

एजेन्सी– कङ्गोमा तीव्र रूपमा फैलिरहेको इबोला प्रकोप नियन्त्रणको प्रयासबीच उत्तरपूर्वी