‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’ « Khabarhub

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवनद्वारा आयोजित कार्यक्रममा ‘मेरो पुस्ताको राजनीति कस्तो हुनुपर्छ ?’ विषयमा युवाबीच वक्तृत्वकला, ‘कृषि उद्यमशीलता र युवा समृद्ध नेपालको आधार’ विषयमा विचार–विमर्श तथा सांसदसँग युवा संवाद कार्यक्रका सहभागिको सो उद्यमशीलता विनाको राजनीतिले समृद्धि नआउने सुझाव थियो ।

वक्तृत्वकलामा सहभागिता १० युवाले अब भाषणमा सीमित राजनीति नभई परिणाममुखी, प्रविधिमैत्री र उद्यमशील राजनीतिक संस्कार खोजेको धारणा व्यक्त गरे । राजनीति जनताको सेवा गर्ने माध्यम बन्नुपर्ने जनाउँदै उनीहरुले राजनीतिमा युवा सहभागिता मात्रै नभई नीति निर्माण र कार्यान्वयनमा समेत युवाको अर्थपूर्ण भूमिका सुनिश्चित गर्नुपर्ने बताए ।

प्रविधिमैत्री सेवा, चुस्त प्रशासन, पारदर्शिता र जवाफदेहितालाई अहिलेको आवश्यकता भएको भन्दै राजनीति फोहोरी खेल नभई जनताको माया र विश्वास प्राप्त गर्ने माध्यम बन्नुपर्ने उनीहरुको भनाइ थियो । ‘जेनजी’ पुस्ताले चाहेको परिवर्तन पनि प्रविधि, उद्यमशीलता र अवसरसँग जोडिएको उनीहरुले बताए ।

राजनीतिमा सहभागिता मात्रै खोजेर नपुग्ने भन्दै नीति तथा नियम निर्माणमा समेत आफ्नो भूमिका स्थापित गर्नुपर्ने, राजनीतिमा पारदर्शिता, जवाफदेहिता, समावेशिता र सशक्तीकरणलाई प्राथमिकता दिनुपर्ने, प्रविधिको पहुँच सबै नागरिकसम्म पु¥याउनुपर्ने, आगामी पुस्तालाई सहयोग पुग्ने नीति बनाउनुपर्ने तथा सरकारलाई पूर्णरुपमा डिजिटल र पारदर्शी बनाउनुपर्ने, शिक्षा जीवनका समस्या समाधान गर्न सक्ने खालको हुनुपर्ने, अनुसन्धानमा लगानी बढाउनुपर्ने तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिनुपर्ने युवाहरुको माग थियो ।

रोजगारीका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गर्दै ‘रेमिट्यान्स’मा मात्रै निर्भर नभई स्वदेशमै उद्यमशीलता र रोजगारीका अवसर सिर्जना गर्नुपर्ने सहभागी युवाहरुले धारणा राखेका थिए । दश जना युवा सहभागिता रहेको वक्तृत्वकला प्रतियोगितामा अमृत ढकाल प्रथम, निरिता पौडेल द्धितीय र आयुस्मा श्रेष्ठ तृतीय भएका थिए ।

पत्रकार विवेक पोखरेलले कृषिविज्ञ डा. भानेश्वर पोखरेल, भवानी डेरीका सञ्चालक सुवास पौडेल तथा चितवनमा सयपत्रीलगायत फूलको बगैँचाबाट सफल व्यवसाय सञ्चालन गर्दै आएकी सुजाता देवकोटासँग कृषि उद्यमशीलताका विषयमा विचार–विमर्श गरेका थिए ।

उनीहरुले कृषिलाई सम्मानित व्यवसायका रुपमा विकास गर्न, आधुनिक प्रविधि, अनुसन्धान र बजार व्यवस्थापनमा लगानी बढाउन तथा युवा र शिक्षित जनशक्तिलाई कृषि उद्यमशीलतामा जोडेर आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिए ।

चितवन क्षेत्र नम्बर १ का सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति हरि ढकालले युवाले काम गर्दै जाँदा भएका त्रुटि सच्याउँदै अघि बढ्नुपर्ने बताए । उनले गल्ती गर्न हुँदैन भन्नेभन्दा पनि गल्तीबाट सिकेर आफ्नो लगनशीलताका साथ अघि बढ्नुपर्नेमा जोड दिए । काम गर्नेहरुलाई सिर्जनात्मक खबरदारी आवश्यक रहेको जनाउँदै उनले खबरदारी, कार्यसम्पादन र भाषण फरक विषय भएको उल्लेख गरे । राजनीतिक नेतृत्वले भाषणभन्दा काम र नतिजामा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

सांसद प्रभा ढकालले स्थानीय तहलाई जवाफदेही बनाउन आवश्यक रहेको बताइन् । सांसदहरु नीति तथा नियम निर्माणका काममा केन्द्रित हुने गरेको र आवश्यकताअनुसार सम्बन्धित विषयमा भूमिका निर्वाह गर्दै आएको उनको भनाइ थियो ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १० : ३१ बजे

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र