कूटनीतिमा युवा अनुसन्धानकर्ताको भूमिका महत्त्वपूर्ण छ: परराष्ट्रमन्त्री खनाल « Khabarhub

कूटनीतिमा युवा अनुसन्धानकर्ताको भूमिका महत्त्वपूर्ण छ: परराष्ट्रमन्त्री खनाल


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप तथा इन्टर्नसिप कार्यक्रम २०२६’ को समापन तथा अनुसन्धान प्रसार कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानकी कार्यकारी निर्देशक रोजिना ताम्राकारले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पारिन्। युवा शोधकर्ता तथा पेसाकर्मीहरूलाई कूटनीति र परराष्ट्र नीतिको व्यावहारिक अनुभव गराउँदै प्राज्ञिक अनुसन्धान र नीति निर्माणबीच पुलको काम गरेको उनले बताइन्। साथै, अनुसन्धानका निष्कर्षलाई उपयोगी र व्यावहारिक नीतिगत स्रोतका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिइन्।

कार्यक्रमका प्रमुख अतिथि परराष्ट्र मन्त्री शिशिर खनालले फेलो तथा इन्टर्नको योगदानको प्रशंसा गरे। नेपालको परराष्ट्र नीतिलाई मजबुत बनाउन अनुसन्धान, प्रमाणमा आधारित विश्लेषण र सूचित सार्वजनिक बहसको महत्त्वपूर्ण भूमिका रहने मन्त्री खनालले बताए। उनले युवा अनुसन्धानकर्तालाई उदीयमान अन्तर्राष्ट्रिय घटनाक्रमलाई नजिकबाट नियाल्न र नेपालको कूटनीतिक अभ्यास तथा नीति निर्माणमा योगदान पुर्‍याउन प्रोत्साहन गरे।

परराष्ट्र मन्त्रालयद्वारा सुरु गरिएको र प्रतिष्ठानद्वारा असारदेखि साउन (जुन मध्यदेखि अगस्ट मध्य) सम्म आयोजित यो आठ हप्ताको ऐच्छिक नीति अनुसन्धान कार्यक्रम हो। कार्यक्रममा १० जना फेलो र १० जना इन्टर्न गरी २० जना सहभागी थिए। उनीहरूले रणनीतिक मामिला तथा सार्वजनिक अन्तर्राष्ट्रिय कानुन, विकास र वित्त, उदीयमान प्रविधि, स्वच्छ ऊर्जा र नेपाली डायस्पोरा गरी पाँच विषयगत क्षेत्रमा नीतिगत अनुसन्धान गरेका थिए।

कार्यक्रमको अन्तिम सत्रमा सहभागीहरूले नेपालको परराष्ट्र नीति, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धसँग सम्बन्धित विषयमा आफ्ना निष्कर्ष र सुझावहरू प्रस्तुत गरेका थिए।

उक्त समापन समारोहमा सांसद, परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, बेलायती राजदूत, कूटनीतिज्ञ, विभिन्न अनुसन्धान तथा प्राज्ञिक संस्थाका प्रतिनिधि र विकास साझेदारहरूको उपस्थिति थियो।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १० : ३० बजे

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र